लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । सुनसरी र झापामा गरी पाँचजना पक्राउ परेका हुन् ।
झापाको कमल गाउँपपालिका ५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ बर्षीय अन्नत प्रसाद गणेश र कमल गाउँपालिका ५ का २० बर्षीय दीपेश थापा रहेका छन् ।
यसै गरी सुनसरीको बराहक्षेत्र ८ शेरे चौकबाट दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र ७ पीपलगाछीका २१ बर्षीय अनिल धामी र धरान १७ का २२ बर्षीय विशाल भुजेल रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
















Discussion about this post