विराटनगर : कोसी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाका सांसदहरूले बहिष्कार गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
आज (बुधबार) बसेको बैठक सुरु हुने बित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध गरेका हुन्।
मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इस्राइल मन्सुरीले थापाको पक्षमा मत दिएको भन्दै एमाले र राप्रपाले बैठक बहिष्कार गरेको हो ।
बैठक बहिष्कार गरेपछि अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित भएको हो ।














Discussion about this post