Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङमा पहिरोले घर भत्कियो

दर्जनौँ पशुचौपाया मरे

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८०
in समाचार
0
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, इटहरी–धरान–विराटनगर आवतजावत गर्ने सवारी साधन अलपत्र

सांकेतिक तस्वीर : गुगल ।

95
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : अविरल वर्षाका कारण झरेको पहिरोले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् ।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरुपमा क्षति भएको हो ।

पहिरोले तामाङको घर पुरिँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

शनिबार राति झरेको पहिरोले तामाङको घरमा पूर्णरुपमा क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ । कान्ले पहिरोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तेजबहादुर कामीको घरमा क्षति पुगेको छ । घरभन्दा तलबाट गएको पहिरोले कामीको घर अगाडिपट्टिको बरण्डा भत्किएको वडाध्यक्ष अरुण राईले जानकारी दिए।

वर्षाका कारण झरेको पहिरोले गोठ भत्किँदा कामीको दुई वटा भैँसी, दुई वटा पाडा, एउटा गोरु र सात वटा खसी बाख्रा मरेका छन् । पहिरोबाट कामीको गोठमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण गोठ ढल्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका तीर्थबहादुर विश्वकर्माको एउटा गोरु मरेका छन् । ढलेको गोठले पुरिएर एउट गोरु र बाछो घाइते भएको वडाध्यक्ष डम्बरबहादुर खड्काले बताए । गोठ भत्किँदा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका राजेन्द्र प्रधानको एउटा भैँसी, एउटा पाडा र दुई वटा बोका मरेका छन् । प्रधानको रु तीन लाख आठ हजारको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

साकेला गाउँपालिका–३ खिदिमाका कुनुराम राईको एउटा लैनो भैँसी र एउटा पाडा पुरिएर मरेको जनाइएको छ । पहिरोबाट राईको अन्दाजी रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । वर्षाकै कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित राबुका देबेन्द्र राईको मतान भत्किँदा पाँच वटा खसी बाख्रा मरेको छ ।

सोही नगरपालिकाको वडा नं ७ महादेवस्थानका कृष्ण कार्कीको बन्दै गरेको पक्की घर तथा डम्बर कार्की, कमानसिं रार्ई, बलबहादुर राई, केशव परियार र दीपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घरमाथिबाट आएको पहिरोले छवटा घर उच्च जोखिममा परेको छ ।

जिल्लामा पहिरोका कारण भएका क्षतिको विवरण आउनेक्रम जारी रहेकाले कति क्षति भयो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरोले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् भने राष्ट्रिय राजमार्गका विभिन्न ठाउँमा पहिरो जानुका साथै भाएिर ठूलो क्षति भएको पाइएको छ ।

Tags: #खोटाङ#राससपहिरो
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुमन रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    285 shares
    Share 114 Tweet 71
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.