इटहरी : सुनसरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा-नरसिंह गाउँपालिका १ की १० वर्षीया गुलासा खातुन रहेकी छन् ।
टर्चलाईट चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलमा खटिएको प्रहरी चौकी भोक्राहाको टोलीले घाइते बालिकालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको थियो ।
उपचारको क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post