Saturday, November 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहरामा असारे विकास, स्थानीय भन्छन्, ‘बाटो बनाउँने नाममा माटो हालियो’ (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १३, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
तरहरामा असारे विकास, स्थानीय भन्छन्, ‘बाटो बनाउँने नाममा माटो हालियो’
2.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी – २० तरहरामा असारे विकास भएको स्थानीयले गुनासो गरेका छन् ।

तरहराको जनसहयोग स्कूल नजिकैदेखि मौलिहा जाने करीब १ किलोमिटर बाटो विकासको नाममा असारे विकास भएको स्थानीयले आरोप लगाएका हुन् ।

स्थानीयका अुनसार तरहराको प्रगति टोल, गुलेलीटार देखि मौलिहा सम्म जाने करीब एक किलोमिटर बाटोमा माटो हालेपछि पानी जमेर दह भएको छ ।

स्थानीय साबित्रा भाडरीका अनुसार यहाँ माटो हालेपछि पानी जमेर हिड्न नसकिने स्थिति छ । उनले बारीमा हाल्ने माटो सडकमा हालेपछि अहिले हिड्दै आएको बाटो पूर्ण रुपमा बन्द भएको अवस्था रहेको बताईन् । ‘यहाँ त धान रोप्दा हुनेजस्तो स्थिति भयो,’ उनले ब्यङ्ग्यात्मक रुपमा भनिन्, ‘हिड्दै गरेको बाटो विकासको नाममा बजेट सक्ने स्थिति भयो ।’

स्थानीय भोला आचार्यले पनि हिड्दै आएको बाटोमा बिकासको नाममा माटो हालेपछि अहिले हिड्न नै बन्द भएको बताए । उनले टाकुरान्यूजसँग भने, ‘हिजोअस्ति सम्म राम्रो भएको बाटोमा अहिले न एम्बुलेन्स, दमकल हिड्न सक्ने स्थिति छ, धेरै समस्या भयो, यो चैँ असारे विकास जस्तै भयो, धान रोप्न हालेजस्तो भयो ।’

‘नयाँ बजेट सुरु भएपछि पुरानो बजेट सकाउँनका लागि आँखामा छारो हाल्ने काम भएको छ,’ स्थानीय रवि राईले भने, ‘यहाँ मात्रै नभएर यहाँका धेरै ठाउँमा बाटो यस्तै छ, साइकल पनि काँधमा लिएर हिड्नुपर्ने अवस्था छ ।’

उनले काम राम्रोसँग नभएको बताउँदै बजेट सकाउँने काम भएकोप्रति खेद प्रकट गरे । उनले भने, ‘समय रहन्जुले विकास गर्नुपर्छ भन्ने कुरै भएन, मिसगिटी हाल्नुपर्ने ठाउँमा माटो हालेको अवस्था छ ।’

धेरैबर्षदेखि बनाउँने भनिएपनि बाटो नबनेको तर अहिले बाटो बनाउँने नाममा माटो हालेर स्थानीयको आँखामा छारो हाल्ने काम भएको उनले बताए ।

स्थानीयले लामो समयदेखि बन्ने भनिएको बाटोमा अहिले विकासको नाममा असारे विकास भएको बताउँदै आएका छन् । उक्त बाटो हुँदै इटहरी २० की वडासदस्य कुमारी विकको घरसम्म जान सकिन्छ ।

तर, जनप्रतिनिधिकै घर अगाडि पनि अहिले विकासको नाममा गम्भीर लापरबाही भएकाले विकासको धज्जी उडेको स्थानीय बताउँछन् ।

स्थानीयले बाटो बिग्रिएपछि दमकल, एम्बुलेन्स र प्रहरीको गाडी समेत ओहोर दोहोर गर्न नसकिने स्थिति भएकोले समस्या रहेको बताउँदै आएपनि यसको सुनुवाई भएको छैन ।

यस बिषयमा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने तरहरा हुँदै मौलिहा, पटेरुवा, बक्लौरी जाने बाटोमा समस्या रहेको स्वीकार गरे ।

उनले भने, ‘स्थानीयले नाली सरसफाई नगरेका कारण ठूलो खाल्डो थियो, मैले व्यक्तिगत रुपमा खर्च गरेर माटो हालेको हो, तर अविरल बर्षाका कारण समस्या भयो ।’

उनले ठूलो खाल्डो भएकाले सम्याउने क्रममा माटो हालेको भएपनि अविरल बर्षाका कारण समस्या रहेको बताए । उनले टाकुरान्यूजसँग भने, ‘त्यो बाटो पिँच हुनका लागि ठेक्का लागिसकेको छ, त्यहाँ हालिएको माटो अन्य कुनै बजेटबिना नै मेरो पारिश्रमिकबाट बनाएको हो ।’

पानी रहने र मौसम सफा हुनेबित्तिकै तुरुन्तै व्यवस्थापनको काम हुने उनले बताए ।

‘अहिले खोला गिटी बन्द भएकाले समस्या छ,’ श्रेष्ठले भने, ‘नालीको पानी बाटोमा आएर खाल्डो भएको अवस्था छ ।’

उनका अनुसार उक्त बाटो पिँच गर्नका लागि सरोज बस्नेतले ठेक्का लिईसकेका छन् ।

हेर्नुहोस् भिडियो

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा
FEATURE BREAKING

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

by अर्जुन उप्रेती
कार्तिक २८, २०८३
0

नेपालको पश्चिमी हिमालयमा अवस्थित धौलागिरि हिमाल संसारको सातौँ अग्लो हिमाल मात्र होइन, यो विश्व पर्वतारोहण इतिहासको एउटा चुनौतीपूर्ण अध्याय पनि...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

by रासस
कार्तिक २७, २०८३
0

भद्रपुर (झापा) : भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको...

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

रुखबाट लडेर एक पुरुषको मृत्यु

कार्तिक २७, २०८३
विराटनगरमा संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय

विराटनगरमा कित्ताकाट खुल्यो, एक महिनाभित्र भू–सेवा पनि

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1087 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.