झापाको गौरादह ४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागूऔषध सहित पक्राउ परेका छन् ।
कमलगाउँपालिका ५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिशेष सूचनाका आधारमा लागूऔषध ब्यूरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।
















Discussion about this post