खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् ।
बिहीबार बेलुका ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
उनीहरूबीच झगडा हुदा चिर्पटले हानेर शेर्पाले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।













Discussion about this post