Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

पर्यटकको पर्खाइमा भोजपुरको नागछाँगा झरना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८०
in भिजिट नेपाल, विविध, समाचार
0
पर्यटकको पर्खाइमा भोजपुरको नागछाँगा झरना
144
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीय स्थल नागछाँगा झरना पर्यटको पर्खाइमा रहेको छ ।

पर्याप्त प्रचारप्रसार नहुँदा अनौठो प्राकृतिक स्वरूप रहेको यो स्थान ओझेलमा परेको हो । ढुङ्गाभरी नागको चित्र देख्न सकिने यो ठाउँ धार्मिक आस्थाको केन्द्र रहेको जानकारहरू बताउँछन् ।

यहाँ नयाँ वर्ष, फागुपूर्णिमा, माघेसङ्क्रान्तिलगायत विभिन्न चाडपर्वका अवसरमा मेला समेत लाग्ने गरेको छ । छाँगा करिब ६० मिटर आग्लो रहेको छ ।

यहाँ गएर दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासीको भनाइ छ । दृश्यमा हेर्दा अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गर्छ । त्यहाँ पुग्नेको पहिलो नजर नै नागको चित्रमा जाने गर्दछ ।

विगतमा यहाँको छाँगाबाट ठूलो पानी झर्ने गरेको भएपनि शिरमाथिबाट सडक विस्तार गरिँदा हिउँदका समयमा पानी कम झर्ने गरेको छ । जसले छाँगाको सुन्दरतामा असर पुर्याएको छ ।

यहाँ किराँतसँगै, हिन्दू धर्मावलम्बीले श्राद्ध गर्ने, स्वस्थानी, व्रतबन्ध, रुद्री पूजा लगाउने गरेका छन् । यहाँ पुग्नका लागि कच्ची सडक पनि निर्माण गरिएको छ ।

छाँगा वडा नं. ६ वैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमानामा अवस्थित छ । यहाँ विभिन्न समयमा मेला महोत्सव र पूजाआजासमेत हुने गरेको छ ।

परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको किंवदन्ती रहेको स्थानीय जानकारको भनाइ छ ।

राजारानीले नै सुरक्षाका लागि यहाँ नाग राखेको किंवदन्ती छ । यसको महत्वलाई बुझ्न नसक्दा पवित्र धार्मिक तथा पर्यटकीय स्थल चर्चामा आउन नसकेको स्थानीय बताउँछन् । स्थानीय सरकारले झरना प्रचार प्रसार गर्न लागि परिरहेको छ ।

यहाँको दृश्यलाई हेर्दा कोहीको पनि मन लोभ्याउँछ । भौगोलिक रूपले विकट रहेका कारण पनि जो कोही मानिसलाई आइपुग्न समस्या छ । त्यसैले, यसलाई व्यवस्थित ढङ्गले संरक्षणसँगै प्रचार गर्न सकिन्छ ।

छाँगाबाट नजिकै रहेको गोल्माराजा गोल्मारानी भिरमा परापूर्वकालमा राजा बिहेको जन्ती लिएर आउने क्रममा सबै जना त्यहीँ अलप भएको किंवदन्ती छ । यहाँको ढुङ्गामा पञ्चेबाजामा प्रयोग हुने नरसिंहा, दमाहा, सनही र लहरै जन्ती हिँडेको जस्तो चित्रसमेत हेर्न सकिन्छ ।

त्यहाँको ढुङ्गामा नै गाईको नक्सा समेत रहेको पाईन्छ । यहाँ, दुई धार्मिकस्थलको एक आपसमा सम्बन्ध रहेको छ । छाँगा रहेको ठाउँसम्म पुग्नका लागि गोरेटो बाटोसँगै केही संरचना निर्माण गरिएको छ ।

पवित्र तीर्थभूमिसँगै पयर्टकीय क्षेत्र रहेकाले यसको संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

अहिले विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् । यसको प्रचारमा व्यापकता दिनसके मानिसको आवागमनमा वृद्धि हुनेछ । यो स्थान आएर दर्शन गर्दा प्रत्यक्ष नाग देखेको अनुभव हुन्छ । जिल्लामा यस्तो ठाउँ कतै छैन । यहाँ झरनासँगै ढुङ्गामा नागको चित्रले मान्छेलाई अचम्मित पार्छ ।

तर, यो ठाउँ धेरै मानिसले चिनेका छैनन् । यसको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सक्ने हो भने गाउँपालिकाको राम्रो आम्दानी स्रोतका रूपमा स्थापित गर्न सकिन्छ ।

यसको मौलिकतालाई कायम राख्दै उचित व्यवस्थापन गरी प्रसारप्रचार गर्नसके यो गाउँपालिकाको निकै गतिलो सम्पत्तिका रूपमा स्थापित हुनसक्ने जानकारहरू बताउँछन् ।

Tags: #पर्यटन#भिजिट नेपाल#भोजपुर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति
समाचार

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि शनिबार अस्पताल परिसर तनावग्रस्त बनेको छ। मोरङको कानेपोखरी...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    604 shares
    Share 242 Tweet 151
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.