इटहरीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् ।
इटहरी ५ स्थित कृष्ण पेट्रोल पम्प छेवैको एक होटेल अगाडि ४५ वर्षीय सूर्यबहादुर अधिकारीले पेट्रोल खनाइ शरीरमा आगो लगाएका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठका अनुसार उनी गम्भीर घाईते भएका छन् । उपचारको लागि नोबेल अस्पताल पठाईएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post