इटहरी : इटहरीमा एक महिलाको बीभत्स हत्या भएको छ ।
इटहरी २ राईचोकस्थित मधुमाया पुरीको आज (सोमबार) दिउँसो ३ बजे हत्या भएको हो ।
स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।
“हामी घटनास्थलमै छौँ । घटनाको कारणबारे खुल्न बाँकी छ,” डीएसपी टेकबहादुर कार्कीले टाकुरासँग भने, “आपसी झगडामा हत्या भएको देखिन्छ । संलग्नलाई नियन्त्रणमा लिएका छौँ ।”
प्रहरीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post