सुनसरीको देवानगन्ज गाउँपालिका–३ पाचौंसिमरबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवानगन्ज–३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन् ।
भारततर्फ लैजादै गरेको को २ ह ६५३७ नम्वरको टेम्पो रोकी चेक गर्दा टेम्पो भित्र प्लाष्टिकले वेरी युरिया मल राख्ने प्लाष्टिकको बोरा भित्र राखिएको १८ केजी गाँजासहित उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालउ सुनसरीले जनाएको छ ।
















Discussion about this post