Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

घोरेपानी–पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ४, २०८०
in समाचार
0
घोरेपानी–पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’
69
SHARES
Share on FacebookShare on Twitter

खास्ताप, (सोलुखुम्बु) :

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् ।

यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।।

वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित माप्य दूधकोशी गाउँपालिकामा भर्खरै शुभारम्भ गरिएको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ले पूरा गरिदिएको छ ।

माप्य दूधकोशी गाउँपालिका–५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्नेबित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एसाेसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको सहकार्यमा गत शुक्रबारदेखि सुरु गरेको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’का अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर मज्जा लिन सकिन्छ ।

आँखाको सामुन्ने टलटल टल्किने हिमालले यस पदमार्गमा जोडिने जो कोहीलाई स्वर्गीय अनुभूति त हुन्छ नै । त्योभन्दा बढी यस पदमार्गलाई उपयोग गरी आर्थिक समृद्धिको बाटो पहिल्याउन ढिलाे गरिएकामा पछुतो लाग्दछ ।

तीन हजार छ मिटर उचाइमा रहेको सिलगुडी डाँडाबाट सुरु भएको पदमार्ग विभिन्न १४ प्रजातिका लालीगुँरास फुल्ने दाप्सा सामुदायिक वनको जङ्गलैजङ्गल हुँदै करिब चार घण्टामा घुम्ने मेरा भन्ने स्थानमा पुग्छ । घुम्ने मेरामा पुगेर शेर्पा समुदायको स्याब्रु नाचको मज्जा लिन सकिन्छ ।

शेर्पा समुदायको संस्कृतिसँग जोडेको उक्त पदमार्ग ‘कुधाम भ्यू प्वाइन्ट’ पुग्छ । उक्त भ्यू प्वाइन्टमा राति बस्नका लागि वासस्थान निर्माणको कामलाई गाउँपालिकाले अगाडि बढाएको छ । तीन हजार १६८ मिटर उचाइमा रहेको कुधाम भ्यू प्वाइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र सहजै देख्न सकिन्छ ।

उक्त डाँडाबाट आठ हजार आठ सय ४८ मिटर उचाइमा रहेको सगरमाथासहित बाताङ्गा (५०७७), चोयम (४७१३), विगफेरा (६६००), नुम्बुरचुली (६९६०), कार्लुङ (६५११), कोङदेरी (६१८७) देख्न सकिन्छ । यस्तै, खुङ्वाकाङ (७७४३), ग्यानचोङकाङ (७९५२), चुम्बु (६८५९), लोबुचे (६९९५), काङ्तेका (६७८३), क्यासार (६७६९), मेरापिक (६४७६), चाम्लाङ (७३१९), नौलेख (६३६३), पाङ्वो (६३९०) लगायत २७ हिमाल देख्न सकिन्छ ।

सो डाँडाबाट लुक्ला विमानस्थलमा जहाज अवतरण गरेको र नाम्चेबजारको मनोरम दृश्य देख्न सकिन्छ । कुधामबाट अर्को दिन योतेल्मे पुग्न सकिन्छ । योतेल्मेमा गाउँपालिकाले पर्यटक खान र बस्न मिल्ने गरी गोठ निर्माण गरेको छ । योतेल्मेबाट दूधकोशीको किनारा सगरमाथा जाने सडक अधेँरीखोला पुग्न सकिन्छ ।

सो गाउँपालिका–२ मा पर्ने अधेरीखोला, डाँडागाउँ घुमेपछि मगर खालिङ राईको सङ्ग्रहालय हेर्न सकिन्छ । उक्त वडामा राईको बसोबास भएकाले साकेला, भूमे नाचको मज्जा लिन सकिन्छ ।

पर्यटन व्यवसायी पासाङ शेर्पा हिमाल, वन, चराचुरुङ्गी, विभिन्न किसिमका लालीगुराँस हेर्न पाइने भएकाले ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को ठूलो सम्भावना रहेको बताउनुहुन्छ ।

‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सञ्चालन गर्नका लागि ट्रेकिङ एजेन्सीज् एसाेसिएसन अफ नेपाल (टान) र माप्य दूधकोशी गाउँपालिकाबीच गत वर्ष सम्झौता भएको थियो । उक्त पदमार्ग सञ्चालन गर्नका लागि टानले गत वर्ष अध्ययन गरेर नक्सा तयार गरिसकेको छ ।

टानका अध्यक्ष नीलहरि बाँस्तोला सोलुखुम्बुमा भर्खरै शुभारम्भ गरिएको यस सांस्कृतिक पदमार्ग’ घोरेपानी–पुनहिललाई बिर्साउने पदमार्ग भएको बताउनुहुन्छ । “तीन हजारभन्दा बढी उचाइमा रहेको उक्त पदमार्गबाट हिमाल, लालीगुराँस र चराचुरुङ्गीको मिठो आवाजसँगै शेर्पा, राई, तामाङ र विभिन्न समुदायको संस्कृति थाहा पाउने भएकाले उत्कृष्ट गन्तव्य बन्नेछ”, उहाँ भन्नुहुन्छ ।

अध्यक्ष बाँस्तोला जनकपुर र हलेसी दर्शनका लागि आएका पर्यटकलाई ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’मा लैजान सकिए सोलुखुम्बुको पर्यटन क्षेत्रले कोल्टे फेर्ने बताउनुहुन्छ ।

विश्वमै पदयात्राका लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएका छन् । नेपालमा पदयात्राको सम्भावना र महत्व देखेर नै विश्वका नागरिक यहाँ आउने गरेका छन् । नेपाल आएका पर्यटकमध्ये करिब ३० देखि ४० प्रतिशत पदयात्रामा जाने गरेका छन् ।

नेपाल पर्यटन बाेर्डका सूचना अधिकारी मणिराज लामिछाने नेपालको पदयात्रा पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन वोर्डले लामो समयदेखि काम गर्दै आएको बताउनुहुन्छ । “जतिसक्दो धेरै पर्यटक भित्र्याउनका लागि पर्यटन बाेर्ड लागेको छ,”– उहाँ भन्नुहुन्छ । आगामी दिनमा माप्य दूधकोशी गाउँपालिकासँग मिलेर ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को पर्यटन प्रवर्धनमा लाग्ने उहाँको भनाइ छ ।

कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकासलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुहुन्छ । “सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई माप्य दुधकोशी गाउँपालिकामा भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो,”– उहाँ भन्नुहुन्छ ।

टानका महासचिव विनोद सापकोटा पछिल्लो समय स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा पदमार्गहरू मासिँदै गएको बताउनुहुन्छ । “स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा धेरै पदमार्गहरू मासिँदै गएका छन्, यसलाई जोगाउँदै नयाँ पदमार्ग निर्माणका लागि टान लागेको छ,”– उहाँ भन्नुहुन्छ ।

टानले यसबाहेक गोरखाको बारपाक–सुलिकोट गाउँपालिकादेखि अजिरकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका हुँदै मस्र्याङ्दी गाउँपालिका जोड्ने ‘बुद्ध हिमाल–हिमचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्न लागेको छ । उक्त पदमार्ग १८ दिनको हुनेछ ।

यसैगरी काभ्रेपलाञ्चोकको चौँरी देउरालीमा तिमालबाट चौँरी देउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवद्र्धन गर्नका लागि टानले सो नगरपालिकासँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । माप्य गाउँपालिकाका वरिष्ठ पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्की प्रकृति र संस्कृति दुबै हेर्नका लागि ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को परिकल्पना गरिएको बताउनुहुन्छ ।

“सगरमाथा हेर्न चाहेका तर थोरै समय भएका पर्यटकलाई लक्षित गरी उक्त पदमार्ग निर्माण गरिएको हो,”– उहाँ भन्नुहुन्छ । टानका पूर्व उपाध्यक्ष कार्कीले उक्त पदमार्गको समय बढाउन सकिने बताउनुहुन्छ ।

उक्त पदमार्गबाट सिलगुढी, घुम्ने मेरा, कुधाम, योतेल्मे, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभीरलगायतको स्थान हेर्न सकिन्छ । त्यसबाहेक उक्त पदमार्गबाट दूधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिन्छ । नयाँ निर्माण भएको पदमार्गमा फुर्वा शेर्पा र किरण तामाङले साइक्लिङसमेत गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई गाउँपालिकाले आगामी दिनमा सातै वडालाई जोड्ने गरी नयाँ पदमार्ग निर्माण गर्ने बताउनुहुन्छ । अघिल्लो कार्यकालमा समेत गाउँपालिकाका अध्यक्ष हुनुभएका राईले गाउँपालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बताउनुहुन्छ ।

“गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको छ,”– उहाँ भन्नुहुन्छ । पर्यटकलाई कम खर्चमा धेरै स्थान देखाउन सकिने अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले उक्त पदमार्गको पर्यटन विकासका लागि होमस्टे (घरवास पर्यटन) निर्माण, कुक तालिम, गोठ निर्माण, टेन्ट क्याम्पिङको व्यवस्थापन गर्दै आएको छ । सो गाउँपालिकाले आइतबार मात्र गाउँपालिका–५ स्थित महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना समेत गरेको छ ।

विश्व कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पा स्वदेशी तथा विदेशी पर्यटकलाई लुकेको कुरा देखाउन सके पर्यटन क्षेत्रको विकास सहज रूपमा गर्न सकिने बताउनुहुन्छ । “पर्यटकले नयाँ कुराहरू हेर्न चाहेको हुन्छ, नयाँ कुरा देखाउन सकिए मात्र पर्यटन क्षेत्रको विकास हुन्छ,” आरोही शेर्पा भन्नुहुन्छ ।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा क्षेत्र पदयात्राका लागि राम्रा गन्तव्य हुन् । नेपालमा वार्षिक रूपमा स्वदेशी तथा विदेशी दुई लाखभन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको पाइन्छ । पछिल्लो समय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

ब्याक प्याकर्स एडभेन्चरका सञ्चालक एवं पर्यटन व्यवसायी दुर्गाप्रसाद (कृष्ण) रेग्मी संसारको सबैभन्दा राम्रो पदयात्रा गन्तव्य नेपाल भएको बताउनुहुन्छ । नेपालमा धेरै ट्रेकिङ क्षेत्र भए पनि सञ्चालनमा भने कमै कम मात्र आएका छन् ।

अन्नपूर्ण, सगरमाथा, लाङ्टाङ, मुस्ताङ, डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । विश्वका विभिन्न ट्राभल एडभाइजरहरूले पनि नेपालका विभिन्न पदयात्रा मार्गहरूलाई विश्वकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा व्याख्या गरेका छन् ।

Tags: #राससपदमार्गसोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.