झापा : झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ ।
बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको हो ।
घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो ।
उपचारमा भएको लापरबाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरू क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका हुन् ।
उपचारका क्रममा सोमबार बिहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफुहरूको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए ।














Discussion about this post