बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।
मोरङको उर्लाबारीमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय पथरीले दुई युवालाई पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा उर्लाबारी ५ का २१ बर्षीय भेषराज आचार्य र ३० बर्षीय प्रदीप खतिवडा रहेका छन् ।
सिसौलीकी १७ बर्षीया किशोरीलाई २०७६ फागुन २७ गते घरमा कोही नभएको अवस्थामा सोही ठाउँका युवाहरुले सामुहिक बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post