प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् ।
आज सुनसरीको इटहरीमा २, झापामा ७, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।
यस्तै, प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । यो सँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको छ ।
















Discussion about this post