मोरङको बिराटनगर महानगरपालिका १६ बाट लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिराटनगर ७ का २० बर्षीय आनन्द कुमार पासवानलाई १ सय एमएल को ३९ बोतल प्रतिबन्धित लागूऔषध डाईलेक्सडि.सी. सहित पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















Discussion about this post