खेत जोतेर फर्केको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
झापाको माई नगरपालिका १ पालटारमा मे १ त ७४४० नं. को ट्याक्टर खेत जोति फर्कने क्रममा अनियन्त्रित भई सडक बाट १० मिटर तल झरी दुर्घटना हुँदा ११ बर्षीय नितेस गिरीको मृत्यु भएको हो ।
चालक २१ बर्षीय सुजन बिश्वकर्मा र सवार १९ बर्षीय समीर बिश्वकर्मा गम्भीर घाईते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
















Discussion about this post