Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोसी प्रदेशले बदल्छ : मुख्यमन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २६, २०८०
in समाचार
0
राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोसी प्रदेशले बदल्छ : मुख्यमन्त्री कार्की
86
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोसी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् ।

अग्रसेन भवन विर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको विदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

‘व्यवसाय, व्यवसायी, उद्योगी र व्यापारीको परिभाषा कोसीले बदलेर व्यवसायलाई सरकार बाहिर होइन सरकारभित्रको नै अंग भएको प्रमाणित गर्न सबैको सहयोग अपरिहार्य छ,’ उनले भने, ‘सरकार र उद्योगी, व्यवसायी एउटै हो, छुट्टै होइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन । साझेदार हुनै सक्दैन ।’

कोसी सरकार व्यवसायमैत्री भएकाले सबैलाई हातेमालो गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउन मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

‘सरकारले उद्योग, व्यवसाय क्षेत्रको उत्थान र विकासका लागि तालिम, प्रविधि हस्तान्तरण, पूँजी लगायत सहयोग गर्छ,’ उनले भने, ‘व्यवसायी सरकार भन्ला अलग हो, लुट्छ, कर छल्छ भन्ने बुझाइ कोशी सरकारले बदल्छ ।’

यहाँका उद्योगी, व्यवसायीले धेरै भन्दा धेरै आमदानी गरेर धेरै भन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनु अपरिहार्य रहेको उनले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले विदेशमा महंगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अ‍ौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेकोप्रति आपत्ति जनाएका थिए ।

‘हुनेखाने वर्गका छोराछोरी अस्ट्रेलिया, क्यानडालगायतका देशमा महंगो मूल्यमा श्रम बेच्दा सम्मान र खाँडी मुलुकमा श्रम बेच्नेलाई विमानस्थलमा लाम लागेको तस्बिर देखाएर अपमान गर्न मिल्छ ?,’ उनले भने, ‘यस्तो अपमानित व्यवहार गर्ने सोचमा सबैले परिवर्तन ल्याउनु आवश्यक छ किनकि जहाँ श्रमको मूल्य बढी हुन्छ त्यहाँ रोजगारीमा जाने पूरानो चलन रहेको सबै जननकार छौं । सबैले बुझ्नु पर्छ ।’

नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

‘भोटको राजनीतिमा लागेर युवा जनशक्ति पलायन भएको नारा दिन राजनीतिक नेतृत्व लगायतका नेताहरूले बन्द गर्नुपर्छ,’ उनले भने, ‘नेताहरू श्रमिकको नै टिकटमा विदेश जाने, बस्ने, भाषण गर्ने, भ्याएसम्म मार्केटिङ पनि गर्ने र चन्दा पनि उठाएर ल्याउनेले नै फेरी श्रमिकलाई नै अपमान हुने गरि भोटका लागि नारा दिने कार्य तत्काल बन्द गर्नुपर्छ ।’

जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँ गएर श्रम बेच्ने उहाँहरूको अधिकार भएको सबैले बुझ्नु आवश्यक रहेको उनले बताएका हुन् ।

युवा जनशक्ति पलायन भयो, उत्पादनमा ह्रास भयो भन्नेहरूले धान उत्पादन बढेको नहेर्ने नेताहरूबाट समाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

भक्तहरूको समर्पण भएको ठाउँमा भगवानको वास भएको बुझने समाजमा श्रमप्रति समर्पित श्रमिकको भावनालाई अपमानित हुँदा भगवानको अपमान भएको बुझ्नु आवश्यक रहेको उनको भनाइ छ ।

Tags: केदार कार्कीकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    997 shares
    Share 399 Tweet 249
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.