Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा ‘सांस्कृतिक तथा साहित्यिक जागरण’बारे बहस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८०
in कला साहित्य, समाचार
0
इटहरीमा ‘सांस्कृतिक तथा साहित्यिक जागरण’बारे बहस
131
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा साहित्यिक तथा सांस्कृतिक जागरण कार्यक्रमको आयोजना गरिएको छ ।

लायन्स र लियो क्लब अफ इटहरी मनकामनाको आयोजनामा बुधबार बिहान इटहरीस्थित कस्तुरी कलेजको सभाहलमा ‘सांस्कृतिक तथा साहित्यिक जागरण अन्तर्गत लेखन, समाज र जीवनमा सञ्चारको प्रभाव’ विषयक बहस आयोजना गरिएको हो ।

बहस कार्यक्रममा वक्ताहरूले मानिस फैलिएर जहाँ पुगेपनि आफ्नो इतिहास भुल्न नहुने तर्क गरे । कार्यक्रमका वक्ता, प्रसिद्व सञ्चारकर्मी टीकाराम यात्रीले मानिस जुन संगत र पर्यावरणमा हुर्कन्छ, त्यही क्षेत्रमा स्थापित बन्न सहज हुने बताए । उनले भने, ‘हामी फैलिएर जहाँ पुगेपनि हामीले हाम्रो इतिहास भुल्नु हुँदैन । जिन्दगी गम्भीर पनि छ र सरल पनि छ ।’

मानिसहरू शून्यबाट फैलिएर कहाँकहाँ पुगेपनि आफ्नो इतिहास भुलिरहेकोप्रति उनको चिन्ता थियो । समाजमा हरेक मानिसले जीवनलाई राजनीतिक र समसामयिक मात्रै बनाइरहेकाले त्यो भन्दा पृथक हुनुपर्ने उनको तर्क छ ।

‘जीवन राजनीतिक र समसामयिक मात्रै होइन । आजको पत्रकारितामा पक्षधरता छ,’ उनले वर्तमान नेपाली पत्रकारिताको अवस्थाबारे इङ्गित गर्दै भने, ‘यताका कुरा उता र उताको यता ल्याउनेजस्तो मात्रै पत्रकारिता भएको छ । हामीले अनेक मान्छेहरूलाई नायक बनाउन खोजिरहेका छौँ ।’

‘संसारमा जुन कुरा टिकाउ हुन्छ, त्यो कुरा मात्रै गर्नुपर्ने भएपनि मानिसहरू बिकाउ कुराको पछाडि लागिरहेका छन्,’ बहस कार्यक्रममा यात्रीले भने, ‘संसारमा कुनै पनि पेशा न अब्बल छन्, न कमजोर छन् । तर, निरन्तरता र सम्पूर्णता दिन सक्नुपर्छ । त्यो टिकाउ हुन्छ ।’

महाभारतको नारद पात्रजस्तो पत्रकारिता भएको उनको टिप्पणी छ ।

उनले वर्तमान राजनीतिक व्यवस्थामा बालेन, हर्क र रविहरूको उदाहरण दिदैँ समाजले नै उचालेर ठूलो मान्छे बनाएपनि उनीहरू नै तल्लो तहसम्म ‘गिराउन’ लागिपर्ने भएकाले सचेत हुनुपर्ने बताए ।

उनले ती उदाहरण दिदैँ भने, ‘घरहरू औसत हुन्छन्, हामीले धरहरा बनाउन खोज्यौँ ।’

राजनीति नीतिहरूको पनि मूल नीति रहेको उदृत गर्दै आफूलाई पनि पक्षधरताको ‘ट्याग’ लागेपनि आफू स्वतन्त्र रहेको उनको दाबी छ । ‘मैले कहिल्यै मताधिकार प्रयोग गर्न पाएको छैन । त्यसैले म कतैपट्टी ढल्केको छैन । पत्रकारिता भित्र पनि दलकारिता छ । म त्यो दलकारितामा छैन,’ उनले भने, ‘कहिले कांग्रेस, कहिले एमाले, कहिले राजावादीको आरोप लाग्छ । म कतैपट्टी पनि छैन, त्यसैले पनि राजनीतिकभन्दा भिन्न कार्यक्रमको आयोजना गर्न रुचाउँछु ।’

संसार आलोचकहरूले घेरिएको उनको विश्लेषण छ । संसारमा एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु र हरेक मानिसलाई अनुदार आँखाले हेर्नुलेपनि आलोचना मात्रै गर्नेहरू बढेको उनले बताए ।

मान्छे सिर्जनशील बन्नुपर्ने र त्यसका लागि साधना चाहिने यात्री बताउँछन् । ‘संसारमा जुन कुरा टिकाउ हुन्छ, त्यो कुरा मात्रै गर्नुपर्ने भएपनि मानिसहरू बिकाउ कुराको पछाडि लागिरहेका छन्,’ बहस कार्यक्रममा यात्रीले भने, ‘संसारमा कुनै पनि पेशा न अब्बल छन्, न कमजोर छन् । तर, निरन्तरता र सम्पूर्णता दिन सक्नुपर्छ । त्यो टिकाउ हुन्छ ।’

उनकाअनुसार माध्यम साधन हो, साध्य होइन । साध्य सिर्जना हो । मानिस सिर्जनशील बन्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय संसारमा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रसङ्गमा यात्रीले एआईलाई असल शिष्य बनाउनुपर्ने बताए । उनले भने, ‘एआईलाई असल शिष्य बनाउनुपर्छ, खराब गुरु बनाउनु हुँदैन ।’

अर्का वक्ता, लेखक शिव प्रकाशले मानिस जहाँ बसेपनि असल भएर बाँच्नुपर्ने तर्क राखे । उनी आफू अमेरिकामा बसोबास गरेपनि आफ्नो पुस्तक र साहित्य लेखनमा नेपालीपन रहेको र आफू पनि नेपाली नै भएर बाँच्ने बताए ।

‘म को हुँ, के हुँ भन्ने कुरा जान्न शास्त्र पढ्नुपर्छ,’ उनले भने, ‘हामी जहाँ बसेपनि असल मान्छे भएर बाँच्नुपर्छ ।’

उनले आफू स्कुले जीवनदेखि नै साहित्य लेखनमा रुचि भएका कारण यही क्षेत्रमा स्थापित हुन निरन्तर साहित्यकर्म गरिरहेको सुनाए । पूर्वीय शास्त्रमा अध्ययन गरेको र सोही कुरामा केन्द्रीत भइरहेको उनको भनाइ थियो ।

‘निरन्तरता दियो भने साहित्ये लेखनबाटै पनि बाँच्न सकिन्छ,’ उनले भने, ‘गणितीय प्रश्नको उत्तर सधैं एकै भएपनि सांस्कृतिक प्रश्नको उत्तर एकै हुँदैन । त्यसका लागि पनि अध्ययन गर्न आवश्यक छ ।’

कार्यक्रमलाई प्रविण अधिकारीले सहजीकरण गरे । उनले सांस्कृतिक, साहित्यिक, समसामयिक राजनीतिक, प्रविधिको विकाससँगै देशमा युवाहरूलाई अध्ययनशील बनाउन गर्नुपर्ने कार्यबारे प्रश्नहरू गरेका थिए ।

साहित्यिक, सांस्कृतिक र सामयिक विषयमा सञ्चार क्षेत्रले पारेको प्रभावबारे उनले प्रश्नोत्तर गरे ।

खासगरी इटहरीमा नयाँ पुस्तालाई पढ्नका निम्ति प्रेरित गर्ने उदेश्यले उक्त ‘जागरण’ कार्यक्रमको आयोजना गरिएको अभियन्ता युवराज काफ्लेले बताए ।

उनकाअनुसार इटहरी क्षेत्रमा विद्यार्थीहरूले आफ्नो शैक्षिक पुस्तकबाहेक अन्य पुस्तकसँगै समाजलाईसमेत पढ्नका निम्ति पनि प्रेरित गर्ने उदेश्यले यस्ता कार्यक्रमको आयोजना भइरहेको छ ।

Tags: #लायन्सजागरणबहस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा
समाचार

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोल स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा इलाका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

by रासस
जेष्ठ ३०, २०८३
0

सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२‍.१४६ केजी गाँजा बरामद गरेको छ । सुनसरी...

भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३
झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

झापाको पाठामारीमा दशगजा क्षेत्र खाली गराउन चिया खेती हटाइयो

जेष्ठ ३०, २०८३
श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.