Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मुख्यमन्त्री कार्कीकाे गैर आवासीय नेपाली संघलाई आग्रह – नेताहरूलाई मगन्ते नबनाइदिनुहाेस्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८०
in समाचार
0
मुख्यमन्त्री कार्कीकाे गैर आवासीय नेपाली संघलाई आग्रह – नेताहरूलाई मगन्ते नबनाइदिनुहाेस्
85
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैर आवासीय नेपाली संघलाई नेताहरूलाई चन्दा दिएर मगन्ते नबनाइदिन आग्रह गरेका छन् ।

गैर आवासीय महासंघद्वारा बुधबार आयाेजित प्रदेश सरकारलाई रगत संकलन माेवाइल बस हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघले नेताहरूलाई चन्दा दिने काम तत्काल बन्द गरिदिन आग्रह गरेका हुन् ।

´गैर आवासीय नेपाली संघले प्रविधि र सीप दिने हाे, नेतालाई चन्दा दिएर मगन्ते बनाउने हाेइन,` उनले भने, ´चन्दा दिएर नेता र देश बिगार्नु भन्दा देशकाे अर्थतन्त्र मजबुत बनाउन उद्याेग लगाउनु आवश्यक छ ।`

अहिले विदेशमा गएर श्रम गर्न जानेहरूलाई नयाँ पार्टी र पूराना पार्टीका नयाँ नेताहरूले एयरपाेर्टमा फाेटाे खिचेर अपमान गर्छन् तर उनीहरूसँग नै विदेशमा चन्दन माग्न जाने गरेकाे प्रति मुख्यमन्त्री कार्कीले आपत्ति जनाएका हुन् ।

´गरीवले विदेशमा महंगाे मूल्यमा श्रम बेच्न जाँदा अपमान र हुनेखाने वर्गले आफ्ना छाेराछाेरीलाई यूराेप पठाउँदा सम्मा हुने चलन रहेसम्म देश विकास हुँदैन,` उनले भने, ´सबैकाे आ-आफ्ना श्रम, सीप र शक्ति हुन्छ । श्रम जहाँ महगाे बिक्छ त्यहा बेच्न पाउनु पर्छ । वकिलकाे श्रम सेवा र मजदुरकाे श्रम मजदुरी हुँदैन । सबै काम बराबर हुन्छ । अपमान गर्नु हुँदैन ।`

गैर आवासीय नेिाली संघले प्रविधि र सीप लिएर आए काेशी सरकारले पूँजी दिएर उद्याेग स्थापनाका लागि काेशी सरकार तयार रहेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´

´कोसी प्रदेश सरकार उद्याेग र उद्याेगी मैत्री प्रदेश हाे,` उनले भने, ´त्यसैले काेशीमा तपाईं सीप र प्रविधि लिएर आउनुहाेस् पूँजी सरकारले दिन्छ । उद्याेगीकाे सम्पूर्ण सुरक्षाकाे जिम्मा काेशी सरकारले लिन्छ ।`

सरकार र व्यवसायी साझेदारी भन्न मिल्छ ? भन्दै उनले प्रश्न गरेका हुन् । ´सरकारविना व्यवसाय र व्यवसायविना सरकार हुन सक्छ ?` मुख्यमन्त्री कार्कीले भने, ´व्यवसायीले कर तिरेपछि सरकार सञ्चालन हुन्छ र व्यवसायीकाे समस्या सरकारले निवारण गर्ने भएकाे दुबै एक अर्कामा आश्रित छ ।`

कुनैपनि देश बन्न साझा एकता चाहिन्छ, विदेशीलाई प्रतिबन्ध लगाएर देश विकास हुन्छ ? भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन् । विदेशबाट आउने कम्पनि र बिदेशबाट आउने नेपालीलाई लुटन खाेज्ने प्रवृति रहुञ्जेल देश समृद्ध नहुने उनकाे भनाइ थियाे ।

किरात सभ्यता याे प्रदेशकाे पहिलाे पहिचान भएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´यहाँका पहिचान पक्षधरकाे माग र मुद्दा सम्वाेधनका लागि वार्ता गर्न प्रदेश सरकार तयार छ,` उनले भने, ´छिटाेभन्दा छिटाे वार्ता गरेर पहिचान पक्षधरकाे पहिचान स्थापित गराउने याेजना कार्यान्वयन गर्नु छ ।`

किरात सभ्यता यश प्रदेशकाे शीर भएकाेले त्यसलाई ठाडाे राख्ने काेशी सरकारकाे पहिलाे दायित्व भएकाे मुख्यमन्त्री कार्कीले बताएका छन् ।

´दलका नेताहरूले पहिचान पक्षधरकाे बारेमा अनेकाैं भाषण दिएर आन्दाेलन चर्काउने काम हालसम्म मात्रै गरेका छन् तर पहिचान स्थापित गराउन र माग तथा मुद्दा सम्बाेधनका लागि कसैले प्रक्रियासम्म अगाडि नबढाएकाले मैले त्याे काम सुरू गरेकाे छु,` उनले भने, ´पहिचानवादीकाे पहिचान स्थापित गराउन खुवालुङ, तुवाचुङ, आत्मानन्द, फाल्गुनन्दलगायतकाे स्थलकाे विकासका लागि काम अघि बढाएकाे छु ।`

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे समृद्धि भएकाेले त्यसलाई यहीका वासिन्दाले जाेगाउनु पर्ने उनकाे भनाइ थियाे ।

´धरानबाट मान्छे लखेटेर हाेइन, फकाएर धरानकाे समृद्धिकाे यात्रा अघि बढाउनु आवश्यक छ,` मुख्यमन्त्री कार्कीले भने, ´काठमाडाैं र धरानबाट फेसन देशले सिक्ने अवस्थामा ह्रास आउनुमा काे दाेषी ? धरानवासीका कारण धरान पछि परिरहेकाे विषयमा यहाँका वासिन्दालाई एक पटक साेच्नै पर्ने बेला आएकाे छ ।`

गैर आवासिय नेपाली संघले दिएकाे याे बस मुख्यमन्त्री कार्कीले रेडक्रश शाखा धरानलाई हस्तान्तरण गर्दै यसकाे सदुपयाेग गर्नु आवश्यक रहेकाे उनले बताए ।

´कलिलै उमेरमा विवाह गरेर बच्चा जन्माएपछि रगत बगेर ज्यान गुमाउने दुःख हेरेर बस सहयाेग गरेकाे छ,` उनले भने, ´अब टेण्ट लगाएर रगत संकलन गर्ने बाध्यता अन्त्य भएर हिँडदा हिँडदै रगत दिने अवस्था भयाे । तर यसकाे सदुपयाेगकाे चिन्ता छ ।`

Tags: केदार कार्कीकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.