Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ४, २०८०
in भिजिट नेपाल, समाचार
0
लुक्लामा हवाई सेवा लिने पर्यटक बढे
68
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु : सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।

प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँच सय एक पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३ मा एक लाख ३३ हजार दुई सय ७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार सात सय ७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उनको भनाइ थियो ।

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताए ।

सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ । खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदलयात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले बताए ।

उनका अनुसार लुक्लासम्म सडकमार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थामडाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उनको भनाइ थियो ।

जिल्लाको आठ स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक नपुगे पनि अन्य स्थानीय तहका  केन्द्रसम्म सडक पुगिसकेको छ । खुम्बु पासाङल्हामुले पनि यसै आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यका साथ सडक विस्तारलाई तीव्रता दिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए ।

उनले भने, “लुक्लासम्म गाडीको बाटो पुगेपछि पर्यटकलाई पनि सगरमाथा क्षेत्र भ्रमण गर्न सहज हुनेछ, अहिलेजस्तो हवाई सेवाकै भर पर्नु पर्दैन, त्यसैले लुक्लालाई जतिसक्दो चाँडो सडकमार्गले जोड्न स्थानीय सरकार लागिपरेको छ ।”

नौ सय २८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

सोलुखुम्बुको लुक्लामा नौ सय २८ टनभन्दा बढी कार्गो सामग्री ढुवानी भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित उक्त विमानस्थलमा सन् २०२३ मा नौ लाख २८ हजार नौ सय ८४ किलोग्राम अर्थात् नौ सय २८ दशमलव ९८ टन कार्गो ढुवानी भएको उक्त शाखाले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार ढुवानी गरिएका सामग्रीमा खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडालगाययत रहेका छन् । लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो साधन नै हवाई सेवा बनेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए ।

ती सामग्री जहाज तथा हेलिकोप्टरमार्फत ढुवानी गरिएको उक्त शाखाले जनाएको छ ।

Tags: #पर्यटन#भिजिट नेपाल#रासससोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.