झापाको दमक नगरपालिका १ बाट नियन्त्रित लागूऔषध ब्राउन सुगर सहित दुईजना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका ३ घर भई दमक नगरपालिका १ मा बसोबास गर्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ ३ घर भएका १६ बर्षीय रोहन राईलाई ४९.१ ग्राम नियन्त्रीत लागूऔषध ब्राउन सुगर तथा ५२ हजार ६ सय ५ रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post