Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेताको स्तुतीगान गर्न छोडेर विद्यार्थीको समस्या समाधानमा जुट्नुपर्छ : मुख्यमन्त्री कार्की

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ७, २०८०
in समाचार
0
नेताको स्तुतीगान गर्न छोडेर विद्यार्थीको समस्या समाधानमा जुट्नुपर्छ : मुख्यमन्त्री कार्की
86
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विद्यार्थी नेताहरूलाई झण्डा बाेक्न र नेताकाे स्तुतीगान गर्न छाेडेर विद्यार्थीकाे समस्या समाधानका साथै समाज र देश बनाउन जुट्नु पर्ने बेला भएकाे बताएका छन् ।

पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरूले आयाेजना गरेकाे राष्ट्रिय प्रविधि मेला ´डेल्टा ४.०`काे समापन कार्यक्रममा आइतबार मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूले अब नेताकाे पछि लाग्नुभन्दा पनि समाज र देशकाे लागि काम गरेर नमूना प्रदशर्न गर्नुकाे विकल्प नभएकाे बताएका हुन् ।

´अहिलेका विद्यार्थी समाजिक सञ्जालमा भ्रष्टाचार भयाे भनेर लेख्दै चित बुझाइरहेकाे अवस्थामा परिवर्तन ल्याउनु जरूरी छ,` उनले भने, ´समाजिक सञ्जालमा भ्रष्टाचार भएकाे पाेष्ट्याएर फेरि नेताकाे स्तुति गानमा लाग्ने गरेकाे देखिन्छ । के स्तुति गान र समाजिक सञ्जालकाे पाेष्टले देश सुध्रिन्छ ? देश विकासका लागि एक कदम अगाडि बढेर काम गरेर देखाउनु पर्लैन ?`

क्याम्पसलगायतका शैक्षिक संस्थाहरू अहिले ज्ञान बाँड्ने थलाे भन्दा पनि सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएकाे भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न उठाएका छन् ।

´शैक्षिक संस्थालाई ज्ञानकाे मन्दिर बनाइराख्न विद्यार्थी नेताकाे भूमिका खाेइ ?, के विद्यार्थी नेताकाे काम नेताहरूकाे घर चहार्ने र स्तुतिगान मात्रै हाे ?,` उनले भने, ´अब विद्यार्थीहरू रचनात्मक काममा लाग्नुकाे विकल्प छैन । क्याम्पसहरूलाई किताबी ज्ञान बाँड्ने थलाेलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गरेर समाज परिवर्तन गर्नु आवश्यक छ ।`

संसारका अधिकांश वैज्ञानिकहरू किताब पढेर र शैक्षिक संस्थामा अध्ययन गरेर नभई समाज तथा प्रकृतिकाे गहन अध्ययनले वैज्ञानिक भएकाे सबै विद्यार्थीहरूले पढ्ने गरेकाे तर त्यसलाई बिर्सेर किताबी ज्ञान मात्रै लपने गरेकाे दैखेर उदेक लागेकाे मुख्यमन्त्री कार्कीले बताएका छन् ।

त्यसैले समाज, प्रकृति र देश पढ्ने, अध्ययन र अनुसन्धान गरेर देश र समाज परिवर्तनका लागि याेगदान गर्ने विद्यार्थीकाे साथ प्रदेश सरकारकाे रहने उनले प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकारले तुइन मैत्री प्रदेश बनाउन ल्याएकाे याेजना सफल बनाउन यस क्याम्पसमा इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग सहकार्य गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरे ।

उनले आर्किटेक्चर इञ्जनियरहरूलाई प्रदेश निर्माण भइरहेकाे एकीकृत वस्ती र अब निर्माण हुने त्यस्ता वस्तीहरूकाे फरक ढंगले प्रदेश सरकारसँगकाे सहकार्यमा उदाहरणीय डिजाइन गरेर सबै विद्यार्थीलाई प्रतिभा देखाउन आग्रह गरेका हुन् ।

प्रदेशभरि निर्माण भइरहेका सडक, भवनलगायतका भाैतिक संरचनाकाे प्राविधिकीय दृष्टिकाेणले अनुगमन गरेर प्रदेश सरकारलाई प्रदेशमा सुशासन कायम गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

Tags: केदार कार्कीकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    477 shares
    Share 191 Tweet 119
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.