संखुवासभा सिलिचोङ गाउँपालिका १ बेसिन्दामा अबिरल बर्षाको कारण पहिरो जाँदा ९ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन् ।
यसै गरी उद्धारमा खटिएका १ जनाको बेहोस भएर मृत्यु भएको छ ।
स्थानिय २ जना स्वास्थ्यकर्मी र स्थानिय मानिस सहित उद्धारमा खटिएको अवस्थामा हाल सम्म ५ जनालाइ उद्धार गरी स्वास्थ्यकर्मीहरुबाट उपचार भईरहेको छ।
उद्धारमै खटिएको अवस्थामा स्थानिय २५ बर्षीय मदन राई एक्कासी वेहोस भएकोमा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
बेपत्ता भएका अन्य ११ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post