Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अदम्य साहस र हिम्मतले परिश्रमी बन्दै भेषराज

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
असार २९, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
अदम्य साहस र हिम्मतले परिश्रमी बन्दै भेषराज
883
SHARES
Share on FacebookShare on Twitter

आइतबार सन्ध्याकालीन समयमा आफ्नो बङ्गुर फर्ममा काम गरिरहेका थिए राज आशातीत उर्फ भेषराज दङ्गाल ।

आम सर्वसाधारण मानिसहरू आफ्नो जागिरको क्रममा वैदेशिक रोजगारीमा जान्छन् । तर, वैदेशिक रोजगारीको क्रमबाट फर्केपछि आफ्नै देशमा रोजगारीको अवसर सिर्जना गर्ने अवस्था अहिलेको समयमा विद्यमान छ ।

सशस्त्र प्रहरी बलमा करिब ६ वर्षसम्म जागिर गरेका उनले पछि जागिर राजीनामा गरेर छोडे । ‘त्यहाँको सिष्टमसँग अलिक सामञ्जस्यता नभएपछि मज्जा नआउँदो रहेछ’ दङ्गालले टाकुरान्यूजसँग भने, ‘त्यहाँको जागिरपछि म वैदेशिक रोजगारीको क्रममा बाहिर गएँ ।’ उनी केही वर्ष वैदेशिक रोजगारीको सिलसिलामा युएई बसेपछि एक महिनाको छुट्टीमा नेपाल आए ।

नेपाल आएपछि एकदिनको घटनाले उनको मन अहिले पनि कहिलेकाहीँ दुख्छ । २०६८ जेठ महिनामा उनी एउटा दुर्घटनामा परे । दुर्घटनामा उनले दायाँ खुट्टा गुमाउनु पर्यो । खुट्टा गुमाउनु परेपछि उनी मात्र होइन, उनको परिवार नै विक्षिप्त बन्यो । मोटरसाइकलमा सवार रहँदा बसले मोरङको गछियामा ठक्कर दिएको थियो ।

सो समयमा उनको मोटरसाइकलमा सवार अन्य एकजनाको भने घटनास्थलमै मृत्यु भएको थियो । उनले आफूलाई उक्त समय इमरजेन्सीमा धरानस्थित बीपी प्रतिष्ठानमा लगिए पनि पछि ललितपुरस्थित बी एण्ड बी हस्पिटलमा चारपटकसम्म अप्रेसन गरेको बताए । उनले भने, ‘अप्रेसन गर्दा पनि सक्सेस नभएपछि घुँडादेखि मुनिको भाग तीन महिनाको उपचारपछि काट्नुप¥यो ।’

उनले सशस्त्र प्रहरीको जागिर छाडेपछि बाहिरी मुलुकमा काम गरेर बिदामा आएको समयमा उक्त दुर्घटना भएको बताए । ‘जेठ महिनामा भएको दुर्घटनापछि माघमा मात्रै डिस्चार्ज भयो’ उनले भने, ‘हस्पिटल बसाइ अत्यन्त पीडादायी रह्यो, त्यो समयमा साहित्य पढेँ ।’ उनी स्कुले अवस्थादेखि नै साहित्य लेख्ने गर्थे । पछि लेख्ने क्रममा गजल, कविता लेख्दै गए । हस्पिटल बसाइको क्रममा पनि उनले पढाइलाई तीव्रता दिए । ‘पहिलादेखि नै म साहित्यिक मान्छे हुँ, पछि जागिरको क्रममा मैले साहित्य लेखनलाई पनि तीव्रता दिएँ’ उनी आफ्नो विगत सम्झँदै भन्छन्, ‘हस्पिटल बसाइको क्रममा जीवन, दर्शनसम्बन्धी अध्ययन गरेँ ।’

बंगुर फर्म

उनले आफू शारीरिक रूपमा कमजोर बन्दै गए पनि उनीभन्दा कमजोरलाई हेरेर प्रेरणा लिन्थे । ‘मलाई त्यो समयमा मेरो मात्र खुट्टा काटिएजस्तो लाग्थ्यो’ उनले भने, ‘हस्पिटल बसाइकै क्रममा ह्वीलचियरमा यताउती गर्दा मभन्दा कमजोर अवस्थाका मान्छे पनि रहेछन् भन्ने लाग्यो ।’ उनमा आफ्नो खुट्टा गुमाउनुपरेको पीडा त छँदै थियो । तर, पीडामा पनि बैसाखी टेकेर हिँड्दा खुसी लागेको उनी सुनाउँछन् । गहकिलो मुद्रामा उनले सुनाए, ‘त्यो समयमा बैसाखी टेकेर हिँड्न सक्दा ज्यादै खुसी लाग्यो ।’

‘दुर्घटना भएपछि झण्डै डेढ वर्ष रिकभर हुन लाग्यो’ उनी भन्छन्, ‘रिकभर भएपछि मैले पढाइलाई पनि सँगसँगै लगेँ ।’ उनले आफूले एसएलसी सकेको १५ वर्षपछि ०७० सालमा इटहरी–२ को महेन्द्र माविमा कक्षा ११ मा भर्ना भई पढाइलाई निरन्तरता दिए । अहिले उनी नेपाली मूल विषय लिएर धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तरको अन्तिम सेमेष्टर अध्ययन गरिरहेका छन् । ‘स्नातकोत्तर सकिएपछि अध्यापनतिर पनि विचार गर्नुपर्छ भन्ने लागेको चैँ हो’ उनले सुनाए, ‘अहिले बङ्गुर पालनमा व्यस्त छु, व्यावसायिकरूपमा यसैलाई अगाडि बढाउने सोचले फर्म सञ्चालन गरेको हुँ ।’ उनले अहिले इटहरी–८ मा बङ्गुर पालन गर्दै आएका छन् ।

यसअघि इटहरी–२० तरहरामा उनले करिब पाँच वर्ष होटल व्यवसाय गरे । उनले होटल व्यवसायसँगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिँदै लगे । अहिले उनले इटहरी–८ मा व्यावसायिक कृषि अन्तर्गत ‘जागरण एग्रीकल्चर’ नामक उन्नत जातका पाठापाठी उत्पादन गर्ने उद्देश्यले बङ्गुर फर्म सञ्चालनमा ल्याएका छन् । ‘करिब दुई दर्जन बङ्गुर हालेको छु’ उनले भने, ‘यसबाट पाठापाठी उत्पादन गर्ने उद्देश्य छ ।’

उनले व्यावसायिक हिसाबमा आफू आत्मनिर्भर बन्नका लागि उक्त व्यवसाय रोजेको बताए । तीन कठ्ठा क्षेत्रफलमा फर्म बनाएर करिब ४० लाख लगानीमा उनले अहिले उक्त फर्म सञ्चालन गरिरहेको दङ्गाल सुनाउँछन् । ‘ऋण गरेर नै एक वर्ष अगाडिबाट यो व्यवसाय सञ्चालन गरेको हुँ’ उनले टाकुरान्यूजसँग सुनाए, ‘सरकारले व्यावसायिक कृषि गर्छु भन्नेहरूका लागि प्रभावकारी काम गर्न सकेको छैन ।’

आफ्नो बंगुर फर्ममा काम गर्दै भेषराज ।

सरकारको नीति तथा बजेट तर्जुमा गर्दा कृषि क्षेत्रलाई प्राथमिकतामा राखे पनि कर्मचारीतन्त्रले प्रशासनिक अप्ठ्यारो सिर्जना गरी हतोत्साहित बनाउने गरेको उनको तर्क थियो । ‘वास्तविक कृषकले राहत पाएका छैनन्’ उनले भने, ‘बैङ्किङ सेक्टरले पनि साना आम्दानी हुने व्यवसायीलाई पत्याउँदैन ।’ सरकारले कृषि तथा व्यावसायिक क्षेत्रलाई बजेटमा मात्रै कार्यक्रम बनाउने गरेको उनको गुनासो छ ।

‘कृषिमा लगानी गरे त्यसको प्रतिफल देखिन्छ’ उनले भने, ‘तर यहाँ त तालपरे कागजमा मात्र काम देखाएर खाइदिन्छन् ।’ पछिल्लो केही महिनायताको लकडाउनका कारण कृषि क्षेत्रमा पनि विकराल समस्या देखिएको उनको भनाइ छ । २०४१ साल भदौ ११ गते इटहरी–२ मा जन्मिएका दङ्गालका श्रीमती र दुई छोराहरू रहेका छन् । ठूलो छोरा कक्षा १० र कान्छो छोरा कक्षा ७ मा अध्ययन गर्दै छन् ।

दङ्गालले आफ्नो खुट्टा गुमाएर पनि आम सर्वसाधारणजस्तै कृषि, व्यवसाय तथा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । अदम्य साहस र हिम्मतले अगाडि बढेका उनी आम मानिसका लागि प्रेरणाको स्रोत हुन् ।

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
FEATURE BREAKING

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद
FEATURE BREAKING

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पार्ङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.