सुनसरीको इटहरीमा दुईजनामा कोरोना देखिएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार उनी दुइजना नै इटहरीको क्वारेन्टिनमा बस्ने हुन् ।
सुनसरीमा आजै ४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
अन्य २ जना कोशी गाउँपालिकाका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेपका अनुसार संक्रमित चारै जना पुरुष रहेका छन् ।
योसँगै सुनसरीमा संक्रमितको संख्या १०७ जना पुगेका छन् ।
















Discussion about this post