इटहरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योजनामा राख्न र बजेट पार्नका लागि आफूलाई सम्झनुपर्ने बताएका छन् ।
इटहरी ४ स्थित कचना माध्यमिक विद्यालयमा निर्माण भएको विद्यालय भवन उद्घाटन गर्दै उनले बजेट पार्नका लागि आफूलाई सम्झनुपर्ने बताएका हुन् ।
साढे ९ करोड लागतमा बनेको विद्यालय भवन बुधबार एक कार्यक्रमकाबीच ओलीले उद्घाटन गरे ।
‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’
ओलीले इटहरी र सुनसरी क्षेत्रको विकासमा आफू सधैव तत्पर रहेको बताए । उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए ।
‘सरकारमा भएपनि नभएपनि म तपाईहरुलाई सहयोग गर्न सधै तयार छु,’ उनले भने ।













Discussion about this post