इटहरी (डेस्क) : मेडिकलबाट अबैध औषधी बिक्री बितरण तथा किनबेच गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको बेलवारी नगरपालिका ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अबैध औषधीहरुको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका संचालक स्थानीय १९ बर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अबैध औषधी किनिरहेका बेलवारी ५ का २३ बर्षीय शिबजी चौधरी तथा धरान १७ का २१ बर्षीय किसनलाल थारुलाई पक्राउ गरेको हो ।
अबैध औषधी सहित पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post