बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार कोरोना सङ्क्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । मृत्यु भएका उनको शब राति नै महोत्तरी पठाइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलका अनुसार विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मध्य राति शव वाहन मार्फत महोत्तरी पठाइएको हो ।
महोत्तरी गाउँपालिका ३ का ६० वर्षीय पुरुष उनी केही दिन अघि गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि ल्याइएको थियो ।
आइसियुमा राखेर उपचार गरिरहेका उनको पीसीआर परीक्षणको क्रममा कोरोना पोजेटिभ आएपछि कोरोना उपचार कक्षको आइसोलेसनको आइसियुमा राखेर उपचार गरिरहेकोमा हिजो साँझ उनको मृत्यु भएको थियो ।
















Discussion about this post