उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १४ स्थित धाप्लाङस्थित सुनकोसी नदीबाट बेपत्ता भएका तीनजना बालबालिकामध्ये एक बालक मृत भेटिएका छन् ।
आइतबार होली मनाएर पौडी खेल्न गएका तीनजना बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका थिए ।
बेपत्ता भएका तीनमध्ये मंगलबार एकजनाको शव फेला परेको हो ।
धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले पुष्टि गरे ।
बेपत्ता २ बालबालिकाको थप खोजी भइरहेको उनले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।











Discussion about this post