सुनसरी जिल्लाभरी अहिलेसम्म ८ हजार ८ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार पछिल्लो अपडेट अनुसार २ हजार १ सय ९० जनाको आरडीटी र ६ हजार ७ सय ९ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ ।
जसमध्ये आरडिटी परीक्षणबाट ३० जना र पीसीआरबाट १ सय १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । जसमध्ये २ सय ३३ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।
सुनसरीमा अहिले सम्म ९५ जना पुरुष, र २२ जना महिला गरी जम्मा १ सय १७ जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको छ ।
जसमध्ये १ सय जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् ।
















Discussion about this post