मास्क नलगाइ हिँड्ने यात्रुलाई इटहरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार कोरोना महामारीको जोखीम न्यूनीकरण नभएका कारण सचेत गराउँन सुरु गरिएको हो ।
इटहरी प्रहरीले अहिले पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्ने यात्रु र पैदल यात्रुलाई मास्क नलगाई हिडेमा नियन्त्रणमा लिएर सचेत गराउन थालेको छ ।
हामीले आजदेखि यो अभियान सुरु गरेका हौँ, उनले भने, बजारमा भीड हुने भएकाले पनि हामीले सचेत गराउँन थालेका हौँ ।
उनले बजारमा मास्क नलगाई नहिड्न र आँफै सचेत रहन अपिल गरे ।
















Discussion about this post