Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘थारु संस्कृति जोगाउन थारु भाषालाई राजकिय मान्यता दिनुपर्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २१, २०८०
in समाचार
0
‘थारु संस्कृति जोगाउन थारु भाषालाई राजकिय मान्यता दिनुपर्छ’
83
SHARES
Share on FacebookShare on Twitter

इटहरी : थारु भाषालाई राजकीय मान्यता प्रदान गर्नुपर्ने थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताएका छन् ।

थारु संस्कृति जोगाउन भाषा जोगाउनुपर्ने र थारु भाषा जोगाउन राजकिय मान्यता प्रदान गर्नुपर्ने उनको भनाई छ ।

इटहरीमा ग्रामथान संरक्षण समितिको छैटौँ साधारणसभामा बोल्दै थारु आयोगका अध्यक्ष चौधरीले थारु भाषालाई स्थानीय सरकारको कामकाजको भाषा बनाउनुपर्ने बताए ।

उनले भने, ‘संस्कृति बिना कोही बाँच्न सक्दैन, संस्कृति जोगाउन सकिएन भने अर्कोले प्रवेश पाउँछ । संस्कृति जोगाउन पहिले भाषा जोगाउनुपर्छ । त्यसका लागि भाषालाई राजकीय मान्यता प्रदान गर्नुपर्छ । ’

कोसी प्रदेशका सांसद जयप्रकाश चौधरीले ग्रामथान र थान मान्ने समुदायका लागि ऐन बनाउने प्रयास भइरहेको जानकारी दिए ।

कोसी प्रदेशबाट तराईका आदिवासी समुदायका लागि थान संस्कृतिहरू कुनै जातिको मात्रै नभएर त्यो राज्यको सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नुपर्ने बताए ।

यस्ता सम्पत्तिको संरक्षण गर्न कानुनको आवश्यकता महसुस गरी झापा, मोरङ र सुनसरीमा पुगेर ग्रामथान र संस्कृतिको विषयमा छलफल सञ्चालन गरिरहेको सांसद चौधरीले जानकारी दिए ।

ग्रामथान संरक्षण समितिका सल्लाहाकार तथा नागरिक उन्मुक्ति पार्टीका उपमहासचिव पदम अधिकारीले दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि ग्रामथान र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

ग्रामथान र यसका संस्कृतिको विशेषतालाई आत्मसाथ गर्दै विकासका कार्य सञ्चालन गर्न सके स्थानीय पालिकाहरुलाई प्रकोप व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अधिकारीले बताए । आदिवासीहरूको क्षेत्रमा प्रकोप व्यवस्थापनका विशेष उपायहरू हुने भएकाले त्यसलाई स्थानीय पालिकाहरूले अवलम्बन गर्न सक्ने उनको सुझाव थियो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले थारु समुदायका कला, संस्कृति, परम्पराहरू युवा पुस्तामा हस्तान्तरण नभएका कारण लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

इटहरी १६ मा रहेको जब्दी थान परिसरमा आयोजना गरिएको कार्यक्रममा कोसी प्रदेश सभा सदस्यद्वय जयप्रकाश चौधरी, सुनीता गच्छदार, वडाध्यक्ष तेजनारायण चौधरी, रामधुनी नगरपालिका पूर्व नगरप्रमुख जयप्रकाश चौधरी, थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्य सुशीला चौधरी लगायतका वक्ताहरूले ग्रामथान संरक्षणका विषयमा बोलेका थिए ।

कार्यक्रम ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Tags: ग्रामथानथारु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
समाचार

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

by रासस
बैशाख ८, २०८३
0

झापा : भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको...

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई
FEATURE BREAKING

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

इटहरी : १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको...

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

बैशाख ८, २०८३
इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

बैशाख ८, २०८३
सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1312 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    373 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.