प्रदेश १ कै उत्कृष्ट क्याम्पस जनता बहुमुखी क्याम्पसको प्रमुखमा पहिलोपटक महिलालाई जिम्मेवारी दिईएको छ ।
इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस प्रमुखमा डा. गीता अधिकारीलाई जिम्मेवारी दिईएको हो ।
राजनीतीशास्त्र, समाजशास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गरेकि उनले २०५६ सालमा इटहरीको जनता कलेजमा अध्यापन गराउन थालेकी थिईन् ।
भारतको विवेकानन्द विश्वविद्यालयमा उनले विद्यावारिधि हासिल गरेकी छिन् ।
२०५६ आश्विन २ गतेदेखि इटहरीको जनता बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएकी छिन् ।
इटहरी लेडी जेसीज २००५ को अध्यक्ष, लायन्स क्लब अफ इटहरी क्रियटिभ लेडी चार्टर प्रेसिडेन्ट, रेडक्रस लगायतका संस्थामा रहेर काम गरेको अनुभव उनीसँग छ ।
२०६७ सालदेखि जनता बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत रहेकी उनले केही समय अगाडि मात्रै विद्याबारिधी गरी आफ्नो नामको अगाडि डाक्टर लेखाएकी छिन् ।
यो पनि – ‘अदम्य साहस र हिम्मतले नामको अगाडि डाक्टर लेखाउँन सफल भएँ’
















Discussion about this post