Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

वर्ष २०८० : इटहरी उपमहानगर चर्चै–चर्चामा, नगरबासीमा झिनो आशा

सेवा प्रवाह र प्रशासन सुधार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २, २०८१
in समाचार
0
इटहरीमा निजी विद्यालयले पैसा लिएपनि सुविधा नदिएको उपमहानगरको निष्कर्ष, यस्तो छ शुल्कको मापदण्ड
119
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा २०८० मा केही आशा जगाएको वर्ष रह्यो । इटहरी उपमहानगरपालिकाले नयाँ कामको सुरुवात गर्दै निराश बनेका नगरबासीलाई थोरै भएपनि आशा जगाएको दाबी गरेको छ ।

२०८० सालमा धेरै नयाँ काममा हात हालेको उपमहानगरले सम्भावना अझै बाँकी रहेको अनुभूत गरायो ।

निर्वाचित भएको पहिलो वर्ष खासै कामको मेलो अगाडि बढ्न नसकेपछि इटहरीबासीमा उत्साह छाएन, जो आए पनि उस्तै भन्दै निराश बने । तर, ०८० सालमा भने इटहरी उपमहानगरले देखाएको सक्रियताले नगरबासीमा नयाँ आशा पलायो ।

उपमहानगरले वर्षको अन्तिम महिनाबाट टेङ्ग्रा खोला सफाइ अभियान सुरु ग¥यो । धेरैले खोला पैनी सफाइ होला र ? भन्दै अविश्वास गरेका थिए ।

अघिल्ला सरकार जस्तै यो सरकारले पनि काम गर्नेमा इटहरीबासीमा विश्वास थिएन । तर, उपमहानगरले काम थाल्यो । यो कार्यलाई लिएर इटहरी उपमहानगरलाई हेर्ने दृष्टिकोणमा थोरै भए पनि परिवर्तन आएको छ ।

वर्षको सुरुवातमा कर वृद्धिको तीव्र विरोध भयो । तर, कर समायोजन गरेपछि भने विवाद मत्थर भयो ।

सार्वजनिक शौचालय, अस्पताल सुधार, विद्यालय खाजा कार्यक्रम, निःशुल्क घर नक्सा, विद्यालयमा एउटै पोसाक, निजी विद्यालयको नयाँ वर्गीकरण र शुल्क निर्धारण, पूर्वाधार विकासका केही नयाँ काम यही वर्ष सुरु भए ।

मेयर, उपमेयर, मेयर वडाध्यक्षबीचको राजनीतिक कलह, आरोप प्रत्यारोप र आन्तरिक द्वन्द्वका बीच उपमहानगरपालिकाले सुरु गरेका कामको राम्रै चर्चा भयो । राजनीतिक उतारचढाव, एकले अर्कालाई असहयोग गरेको आरोपकाबीच उपमहानगरपालिकाको गतिविधिले तीव्रता पाएको यो वर्ष सम्झन लायक रह्यो ।

यस हिसाबले भन्दा २०८० साल उपमहानगरपालिकाको नयाँ कामको थालनीको वर्ष रह्यो भन्दा खासै अत्युक्ति नहोला ।

खोला पैनी सफाइ र टेङ्ग्रा कोरिडोर

टेङ्ग्रा सफाइ गर्न डोजर चल्यो । खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन थालियो ।

छानबिन समितिले ७४ वटा घर भत्काउनुपर्ने प्रतिवेदन दिएको थियो । प्रतिवेदनलाई पास गरेको उपमहानगरले त्यसलाई कार्यान्वयनमा ल्यायो । शुक्रवार सम्म ७ किलोमिटर खोला सफा भएको छ । ४ वटा नक्सा पास भएका सहित अन्य १४ वटा पक्की घर भत्काइयो । भत्काउनुपर्ने २७ घर, घरधनीले तत्काल भत्काउने स्वघोषणा गरी सहिछाप गरेका छन् । दुई सय भन्दा बढी टहराहरू भत्किएका छन् । घर भत्काउने क्रम जारी छ ।

उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन समाधान गर्न टेङ्ग्रा कोरिडोरको अवधारणा अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण हुने उपमहानगरले जनाएको छ ।

तालतलैयाको मुहानदेखि दक्षिणी सीमा क्षेत्रसम्म करिब ९ किलोमिटर लामो कोरिडोर निर्माण हुनेछ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि अहिले हुँदैछ ।

पानी बग्ने खोलाको भागलाई ३५ फिट, त्यसको दायाँ बायाँ २०÷२० फिट कोरिडोरका लागि सफा गरिँदै छ ।

खोला सफाइ र साइड क्लियरेन्सको काम सकिएपछि विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन महाशाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।

टेङ्ग्रा खोलामा भएको कामले अन्य खोला पैनीमा सफाइको दबाब बढेको छ । डुबान रोक्न सबै खोला पैनी सफा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

अस्पतालमा उपचार हुन थाल्यो

घरदेखि घाट सम्म सुविधा दिने भन्दै उपमहानगरले निःशुल्क शववहानको सेवा यही वर्षबाट सुरु ग¥यो । निःशुल्क एम्बुलेन्सको सुविधा दिएको छ ।

इटहरी अस्पतालमा ओपिडी सेवा लिने बिरामीको चाप बढेको छ । एमबिबिएस डाक्टरहरू नियमित बस्न थालेसँगै बिरामीको चाप बढेको हो । अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले बिरामीको उपचार गर्ने इटहरी अस्पतालका मे.सु गुन्जन त्रितालले जानकारी दिए ।

परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । विशेष गरी रगत, एक्स रे, भिडियो एक्स रे, ई सिजी गर्ने बिरामीहरूको सङ्ख्या बढेको छ । योसँगै नियमित रूपमा सुगर जाँच, भिटामिन डी,थाईराईड टेस्ट गर्न बिरामी अस्पताल पुग्छन् ।

पोसाकको विवाद अदालतसम्म

यो वर्ष सर्वाधिक चर्चा पाएको विषय हो, विद्यालय खाजा कार्यक्रम र विद्यालयको पोसाक । सङ्घीय सरकारले दिने अनुदानमा उपमहानगरले रकम थप गरी कक्षा ६ सम्मकै विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु ग¥यो ।

बटुकोमा आधा केरा र स्याउको फोटो देशभर भाइरल भयो । तीव्र विरोध आए पनि अहिले भने व्यवस्थित रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए ।

आगामी शैक्षिक सत्रबाट अझै व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको दाहालले जानकारी दिए ।

शिक्षामा उपमहानगरले नयाँ प्रयोग ग¥यो । सबै (सामुदायिक तथा निजी) विद्यालयमा एउटै पोसाक लगाउनुपर्ने नियम लागु ग¥यो । यो नियमको चर्को विरोध भयो । अझै भइरहेकै छ । यो विवाद अदालत सम्म पुग्यो । निजी विद्यालयहरूको संस्था प्याब्सनले उपमहानगरका विरुद्ध मुद्दा दायर ग¥यो ।

सर्वोच्चले अन्तरिम आदेश दिनु नपर्ने भनेपछि उपमहानगर निर्णय कार्यान्वयन गराउन लागि परेको छ । अदालतको आदेश पछि सबै विद्यालयलाई आगामी शैक्षिक सत्रबाट एउटै पोसाक लगाउन परिपत्र गरिसकेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

उपमहानगरले निजी विद्यालयको नयाँ वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने जनाएको छ । सो अनुसार अहिले काम अन्तिम चरणमा पुगेको शिक्षा युवा तथा खेलकुद महाशाखाका तीर्थ गौतमले जानकारी दिए ।

निजी विद्यालयहरूको अनुगमन गरी टेबुलेसनको काम भइरहेको जानकारी दिए । अभिभावकबाट माथिल्लो श्रेणीको शुल्क लिए पनि सुविधा भने तल्लो श्रेणी बराबरको दिने गरेको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरले २७ बुँदे सङ्कल्प पत्र यही वर्ष सार्वजनिक ग¥यो ।

निःशुल्क घर नक्सा

इटहरीले ०८० सालबाट इटहरीमा घर नक्सा बनाउन अनलाइन सिस्टम सुरु ग¥यो । ईविपीएस सिस्टमले घर नक्सा शाखाको भिड स्वाट्टै हटाइदियो । फाइल बोकेर फाँट फाँट धाउनुपर्ने बाध्यता हट्यो ।

१ हजार स्वायर फिट सम्मका घरको नक्सा निःशुल्क बनाइदिन पनि यही वर्षबाट सुरु भयो । गरिब, सीमान्तकृत वर्ग र मध्यम वर्गका लागि आर्थिक बोझ केही कम भयो ।

यो वर्ष केही महत्त्वाकाङ्क्षी योजना सुरु भए । झन्डै दुई दशक अघि निर्माण भएको बसपार्क अस्तव्यस्त भएपछि व्यवस्थित बसपार्क बनाउन सुरु भयो ।

९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको लागतमा १८ महिना भित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहेको इन्जिनियर घिमिरेले जानकारी दिए ।

लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र सभा हल निर्माणको ठेक्का लागेको छ । धरान रोड र गोल्डेन चौकमा २ वटा आकाशे पुल निर्माणको ठेक्का लागेको हो ।

यस्तै आधुनिक सभा हल निर्माणको पनि ठेक्का लागेको इन्जिनियर घिमिरेले जानकारी दिए । इटहरी ५ स्थित काव्यवाटिको जग्गामा ३ तले सुविधा सम्पन्न, ५ सय मानिस अट्ने सभा हल निर्माणको ठेक्का लागेको उनले जानकारी दिए ।

यी दुवै महत्वकाक्षी योजना यो वर्ष ठेक्का लागे पनि निर्माण सुरु भने २०८१ मा हुनेछ ।

निर्माण गरिने पूर्वाधारको गुणस्तर मापन गर्न उपमहानगरले प्राविधिक ल्याब सञ्चालनमा ल्याएको छ । डन्डी, सिमेन्ट,इटा,गिटी बालुवाको गुणस्तर मापन गर्न प्राविधिक ल्याब स्थापित भएको छ । बाह्य पालिका तथा ठुला आयोजनाको निर्माण सामाग्रीको गुणस्तर मापन गर्न इटहरी ल्याउने गरिएको छ । यसबाट इटहरीको राजश्व पनि राम्रै वृद्धि भइरहेको छ ।

सेवा प्रवाह र प्रशासन सुधार

पालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थाल्यो । यसका लागि मुख्य रूपमा प्रशासनिक सुधार गरिएको उपमहानगरको दाबी छ ।

कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी,समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।

स्पष्टीकरण सोधेर मौका दिँदा पनि नसुध्रिएका ५ जना कर्मचारीको करार सम्झौता रद्द गरी निष्कासन गरिएको उपमहानगरले जनाएको छ । छड्के चेकजाँच, फाँट सरुवाले पनि कर्मचारीलाई नियममा बस्न बाध्य बनाएको छ । यो वर्ष फाँट सरुवाले कर्मचारी वृत्तमा हङ्गामा नै सृजना गरेको थियो । उपमेयर र केही वडा अध्यक्षहरूले विरोध जनाए । तर पछि त्यो विषय आफै सेलाएर गयो ।

नागरिकलाई सहजढंगबाट सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।

सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिने मेहताले बताए ।

उपमहानगरले सहायता कक्षमा निःशुल्क चिया कफी खुवाउने गरेको छ । सेवा लिन आएका सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् । इटहरी उपमहानगरपालिकाले सिसिटिभी मोनिटरिङ गर्न डिजिटल कक्ष स्थापना गरेको छ । उपमहानगर र सो अन्तर्गतका सबै कार्यलयहरुमा सिसिटिभी क्यामरा जडान सुरु भएको छ ।

डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहको गुणस्तरका थप सुधार हुने तथा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।

 

– ADVT

Tags: #इटहरी उपमहानगरपालिकाआशासमीक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

विराटनगर : आर्थिक वर्षको अन्त्यसँगै सरकारी कार्यालयमा देखिने ‘असारे खर्च’ संस्कृतिविरुद्ध कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालयलाई लक्षित गर्दै हेलो सीएममा...

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनअघि नै तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन...

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    377 shares
    Share 151 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.