Sunday, June 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८१
in समाचार
0
भोजपुर : अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा
142
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुर नगरपालिका-१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ ।

मापदण्ड विपरीत सञ्चालित क्रसरले भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जोड्ने पक्की पुल जोखिममा परेको हो ।

स्थानीयवासीको गुनासो बढेपछि जिल्ला अनुगमन समितिले क्रसरको स्थलगत अनुगमन गरेको छ । अनुगमनपश्चात् मापदण्ड विपरीत क्रसर सञ्चालन भएको जिल्ला अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिनुभयो ।

पिखुवा खोला पुल निर्माणका क्रममा निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठले वि.सं.२०७६ मा क्रसर सञ्चालन गर्नुभएको थियो । पुल निर्माण सकिएपछि पनि क्रसर  निरन्तर सञ्चालन गरिएको हो । पुलबाट पाँच सय मिटर दूरीमा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने कानुनी प्रावधान छ ।

यहाँ सञ्चालित क्रसर पुलबाट ५० मिटर मात्र नजिक रहेको अनुगमन समिति संयोजक थुलुङले बताउनुभयो । क्रसर राखेर गरिएको अवैध उत्खनन्ले पुलसँगै पिखुवा जलविद्युत आयोजना र बेलीब्रिजसमेत जोखिममा छन् । “अनुगमनका क्रममा यहाँ प्राकृतिक स्रोतको दोहन भएको पाइयो”, उहाँले भन्नुभयो, “खोलाले पुलसँगै अन्य संरचना बगाउने खतरा छ । प्राकृतिक स्रोतको दोहन हुँदा पनि भोजपुर नगरपालिका चुप लागेको देखिन्छ । क्रसरका सामान जफत गरी कारबाही गर्न भोजपुर नगरपालिकालाई निर्देशन दिएका छौँ ।”

आयोजना सम्पन्न भएपछि क्रसर तत्काल बन्द गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सञ्चालनमै रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । “पिखुवा खोलामा अवैध क्रसर सञ्चालनमा रहेको देखियो”, प्रजिअ सापकोटाले भन्नुभयो, “सुरुमा पुल निर्माण प्रयोजनका लागि राखिएको क्रसर पुल बनेपछि पनि सञ्चालन भइरहेको देखिन्छ, यो अवैध हो ।”

अवैधरुपमा सञ्चालित क्रसरको सामग्रीको मुचुल्का तयार गरी सात दिनभित्र सूचना जारी गरेर लिलाम बिक्री गर्न नगरपालिकालाई निर्देशन दिएको प्रजिअ सापकोटाले बताउनुभयो ।

उत्खननकै कारण खोलाले धार परिवर्तन गर्ने अवस्थामा पुगेको छ । हाल क्रसरमा एक हजार तीन सय घनमिटर गिटी, एक हजार छ सय घनमिटर बालुवा र एक सय ५० घनमिटर ढुङ्गा सञ्चित छ । नगरपालिकाले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ विपरीत क्रसर सञ्चालन गरेको समितिको जिकिर छ ।

भोजपुर नगरपालिकाले भने निर्माण प्रयोजनका लागि क्रसर सञ्चालन गरिएकाले हटाउन नसकिने जनाएको छ । कानुनअनुसार क्रसर सञ्चालन गरिएको नगर प्रमुख कैलाशकुमार आलेले बताउनुभयो । केही प्रशासकले अनुगमनको बहानामा विकासमा अवरोध पुर्‍याउन खोजेको प्रमुख आलेको आरोप छ ।

“हामीले जिल्लाका आयोजना सञ्चालन गर्न क्रसर सञ्चालनको अनुमति दिएका छौँ”, उहाँले भन्नुभयो, “केही प्रशासक कुरा नबुझी कामलाई बाधा पुग्ने गतिविधिमा संलग्न हुनुभएको देखियो ।” अनुगमन समितिले रामप्रसाद राई गाउँपालिका-४ स्थित दमाईंटारमा रहेको सिद्धकाली स्याण्ड वासिङ उद्योगको पनि स्थलगत अनुगमन गरेको छ । यो उद्योगलेसमेत मापदण्ड विपरीत क्रसर सञ्चालन गरेको समितिको ठहर छ ।

अनुमतिबिना क्रसर सञ्चालन गरिएको अनुगमन समितिका सदस्य कपिलदेव अधिकारीले बताउनुभयो । समितिले उद्योगलाई आवश्यक कारबाही गर्न गाउँपालिकालाई लिखित निर्देशन दिएको छ । रामप्रसादलाई गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र राईले ‘आइई रिपोर्ट’ तयार गरी ३० लाखमा बोलपत्रअनुसार उद्योग सञ्चालनको सम्झौता गरेको बताउनुभयो । गैरकानुनीरुपमा गाउँपालिकाभित्र सञ्चालित क्रसरलाई कानुनी दायरामा ल्याउन पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

Tags: #भोजपुर#राससजोखिम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु
समाचार

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

विराटनगर : जिल्ला कारागार मोरङमा १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको सजाय अवधि सकिन अझै करिब आठ...

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश
FEATURE BREAKING

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

इटहरी : इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित साहित्यिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कविता वाचन गरेका छन्...

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३
महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

असार ७, २०८३
शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

असार ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

असार ७, २०८३
इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

असार ७, २०८३
छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    351 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.