भारतबाट आएका सुनसरीको रामधुनी १ नं वडाका स्थानिय ३ जनामा शनिवार संक्रमित पोजेटिभ भेटिएसँगै वडामा उच्च सर्तकता अपनाईएको छ ।
भारतबाट बिभिन्न मितिमा आएर झुम्का क्वारेन्टिनमा रहेका २२ जनालाई पीसीआर परीक्षण गर्दा शनिवार वडा नं १ का ३ जनामा कोरोना संक्रमण भेटिएपछि वडा कार्यालयले सर्तकता अपनाएको हो ।
वडाको ३ जनामा भेटिएको संक्रमित भारतबाट आएर चार दिन घरमा रहेर मात्र झुम्का क्वारेन्टिनमा बसेका थिए ।
संक्रमित ब्यक्ति चार दिन सम्ममा घरपरिवार वा स्थानियमा सम्पर्कमा आउन सक्ने भएकोले वडाको जुन टोलको ब्यक्तिमा पाएको छ त्यस टोलमा शिलगरी सतर्कता अपनाउदै स्थानियमा पिसिआर परीक्षण गर्ने वडाअध्यक्ष महेश चौधरीले बताए ।
्
















Discussion about this post