Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ताप्लेजुङ : ओलाङ्चुङगोला पुग्न सहज

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८१
in समाचार
0
ताप्लेजुङ : ओलाङ्चुङगोला पुग्न सहज
84
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङ्चुङगोला पुग्न सकिने भएको छ ।

सडकको पहुँच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो ।

ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत वर्षमा सदरमुकाम फुङ्लिङबाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो ।  बिस्तारै तमोर कोरिडोर सडकको ट्रयाक खुलाउने कार्यसँगै ओलाङ्चुङगोला पुग्न सहज हुँदै गएको थियो । केही समयअघिसम्म इलाडाँडासम्म यातायात पुग्ने गर्दथ्यो ।

इलाडाँडाबाट पैदालमार्ग हुँदै एक दिनमा ओलाङ्चुङगोला पुग्ने गरिन्थ्यो । अहिले भने गाडी ओलाङ्चुङगोलासम्म नै पुग्ने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । लामाका अनुसार ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट करिब सात घण्टामा ओलाङ्चुङगोला पुग्न सकिने बताउनुभयो ।

ओलाङ्चुगोला क्षेत्र हुँदै टिप्ताला नाका क्षेत्र, पर्यटकीय क्षेत्र सिङ्जेमा ताल क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायीको भनाइ छ । ओलाङ्चुङगोला हुँदै ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न निस्कनेका लागि समेत सहज भएको छ ।

तमोर कोरिडोरले ओलाङ्चुङगोला हुँदै छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले ओलाङ्चुङगोला हुँदै चीनलाई जोडेको हो ।

तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरी भएको सडकका रूपमा लिने गरिएको छ । तमोर कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्रयाक निर्माण सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्रयाक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो ।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्रयाक निर्माण सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिप्तालालाई सडकले जोडेको छ ।

उहाँका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलबाट ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दूरी बराबर ट्रयाक निर्माण गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयमार्फत ट्रयाक निर्माण भइरहेको छ ।

ओलाङ्चुङगोलाबाट टिप्तालानाकासम्म ट्रयाक जोडिएपनि पहिले निर्माण भएको टिपतालासम्मको करिब २४ किलोमिटर दूरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनः निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो ।

टिप्तालाबाट ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म स्थानीयवासीले रकम सङ्कलन गरी ट्रयाक निर्माण गरेका थिए । ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिप्तालासम्म सडक मर्मत तथा पुनः निर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

ओलाङ्चुगोलाबाट टिप्तालासम्म भने ट्रयाक मर्मतका साथै पुनः निर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुनसक्ने बताइएको छ । वर्षात्का समयमा भने तमोर नदीसहित दर्जनौँ अन्य साना–ठुला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुड्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ ।

नेपाल, भारत र चीन जोड्ने सडक भएकाले तमोर कोरिडोरलाई त्रिदेशीय सडकमार्ग पनि भन्ने गरिएको छ । भारतसँगको सिमाना विराटनगरको रानीबाट धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दूरी दुई सय ९९ किलोमिटर रहेको बताइएको छ ।

कोरिडोर सडकअन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्र भइसकेको र मूलघाटबाट सुभाङखोलासम्म कालोपत्र गर्ने क्रम जारी रहेको छ । बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले जनाएको छ ।

Tags: #ताप्लेजुङ#राससओलाङ्चुङगोला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल
FEATURE BREAKING

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

इटहरी : शनिबार साँझ कोशी कलेजको सभाहलमा कविता, मौनता र संवेदनाको अद्भुत संगम देखियो। काव्य डबलीले आफ्नो तेस्रो शृङ्खला आयोजना...

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित
विविध

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

by रासस
असार १४, २०८३
0

इलाम : वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट...

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    677 shares
    Share 271 Tweet 169
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.