भोजपुर : भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोसी नदी किनारमा खस्दा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा आमचोक गाउँपालिका १० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post