सुनसरीको बराहनगरपालिका ४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
रामधुनी नगरपालिका ६ मा रहेको शंकरबेली तालमा जाल हानी माछा मार्ने क्रममा सोही तालमा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणको लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
















Discussion about this post