Saturday, November 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा चोरी डकैती गर्ने गिरोह सक्रिय, बसमा लुटपाट गर्ने चारजना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १३, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
इटहरीमा चोरी डकैती गर्ने गिरोह सक्रिय, बसमा लुटपाट गर्ने चारजना पक्राउ
907
SHARES
Share on FacebookShare on Twitter

इटहरीमा चोरी डकैती गर्ने गिरोहहरु सक्रिय भएका छन् ।

ईलाका प्रहरी कार्यालय इटहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै इटहरीमा चोरी डकैती गर्ने गिरोहहरु सक्रिय भएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार गत शुक्रवार एक जना वृद्धलाई सार्बजनिक बसमा नै लुटपाटमा संलग्न रहेका गिरोहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

शुक्रबार धरान ८ सिद्धकाली चौकका ५७ वर्षीय डम्बर प्रसाद बास्तोला इटहरीको पूर्वी बस स्टेनमा सामूहिक रुपमा लुटिएका थिए । बास्तोलाको साथबाट नगद ९७ हजार ६ सय रुपैँया ६ जनाको समूहले चोरी गरेको भण्डारीले बताए ।

उनले भने, ‘एकजनालाई सोही दिन त्यही ठाउँबाट पक्राउ गर्यौँ, अरु बाँकी तीनजनालाई भने विभिन्न सार्बजनिक सवारीमा फलोअप गर्ने क्रममा पक्राउ गरेका हौँ ।’ ६ जनाको समूह सक्रिय रहेको भएपनि अन्य दुईजना भने फरार रहेका छन् ।

पक्राउ पर्नेमा काभ्रे रोसी गाउँपालिका वडा नं. ३ का ३६ बर्षीय जीतबहादुर श्रेष्ठ, वडा नं. ५ का चिउनी भनिने २२ बर्षीय युवराज लामा, काभ्रे भुङ्लो गाउँपालिका वडा नं. ८ का ३२ बर्षीय सुजन तामाङ र तिमाल गाउँपालिका वडा नं. २ धुँवाकोट बस्ने २६ बर्षीय कमल लामा रहेको डीएसपी भण्डारीले बताए ।

उनका अनुसार अनुप क्षेत्री र शंकमान लामा भने फरार रहेका छन् । पक्राउ परेका गिरोहको साथबाट नगद १२ हजार ९ सय सहित एक–एक थान मोबाईल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

‘यीनिहरु डिजाईन गरेर नै चोरी गर्ने मानिस हुन्,’ भण्डारीले भने, ‘गत ८ गते टाटा सुमो रिजर्भ गरेर काठमाडौँबाट यता आएका रहेछन् ।’

उनले रणनीति हिसाबले नै चोरी गर्ने गिरोह रहेको र उनीहरु पेशेबर चोर रहेको बताए । भने, ‘यहाँ मध्येका केहीलाई यसअघि सातपटक सम्म चोरी केसमा मुद्धा दायर भएको रहेछ, यीनिहरु चोरी गरेरै जीविकोपार्जन गर्ने गिरोहरु हुन् ।’

पूर्वी नेपालमा पछिल्लो समय काठमाडौँबाट आएर चोरी गर्ने गिरोह सक्रिय भएको भण्डारीको तर्क थियो । चोरीमा संलग्न मानिसहरु अभद्र व्यवहारमा पनि मुद्धा दायर भईसकेकाले उनीहरु डिजाईन गरेरै चोरी गर्ने रहेको भण्डारीले जानकारी दिए ।

सुनसरी, मोरङ र झापा लगायतका जिल्लामा चोरी, लुटपाट तथा पकेटमारी गर्ने गिरोह काठमाडौँबाट आउँने गरेकाले सचेत रहन भण्डारीले आग्रह गरे ।

पक्राउ परेका तीनजनालाई भने प्रहरीले धरान जाने क्रममा आईतबार इटहरी २० तरहराबाट पक्राउ गरेको थियो । ‘म आँफै उनीहरुलाई पक्राउ गर्नका लागि अनुसन्धान गरेर सिभिलमा खटिएको थिएँ,’ डीएसपी भण्डारीले भने, ‘अन्य दुले चोरहरु पनि सक्रिय रहेकाले हामीले अहिले विभिन्न टोलीलाई खटाईरहेका छौँ ।’

उनका अनुसार इटहरीमा अन्य दुले चोर पनि रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘कसैको खसी, बाख्रा नै पनि चोरी भएका केसहरु पनि आएका छन्,’ उनले भने, ‘कसैको घरमै पसेर मोबाईल, कलको मटर पनि चोरी हुने गरेको कुराहरु पनि आएकाले हामी यस सम्बन्धमा गम्भीर छौँ ।’

यो पनि

इटहरीमा एक बृद्ध बसभित्रैबाट लुटिए

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा
FEATURE BREAKING

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

by अर्जुन उप्रेती
कार्तिक २८, २०८३
0

नेपालको पश्चिमी हिमालयमा अवस्थित धौलागिरि हिमाल संसारको सातौँ अग्लो हिमाल मात्र होइन, यो विश्व पर्वतारोहण इतिहासको एउटा चुनौतीपूर्ण अध्याय पनि...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी
पर्यावरण

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

by रासस
कार्तिक २७, २०८३
0

भद्रपुर (झापा) : भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको...

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

रुखबाट लडेर एक पुरुषको मृत्यु

कार्तिक २७, २०८३
विराटनगरमा संस्थागत विद्यालयको शुल्क नबढाउने महानगरको निर्णय

विराटनगरमा कित्ताकाट खुल्यो, एक महिनाभित्र भू–सेवा पनि

कार्तिक २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

धौलागिरि : उचाइमा सातौँ, चुनौतीमा अग्रपङ्क्तिमा

कार्तिक २८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा गाउँ पसे हात्तीको बथान, धान भित्र्याउन किसानलाई हतारो

कार्तिक २७, २०८३
पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

पाँचथरमा निर्माण गरिएको आलु स्तम्भ

कार्तिक २७, २०८३
मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

कार्तिक २७, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1087 shares
    Share 435 Tweet 272
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    515 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    384 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    337 shares
    Share 135 Tweet 84

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.