मोरङमा १७ सहित प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला संक्रमित पुष्टि भएको छ भने झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष संक्रमण भएको पुष्टि भएको छ ।
यस्तै, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।
















Discussion about this post