उदयपुरको बेलका नगरपालिका ३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका ५ का ३५ बर्षीय कर्ण बहादुर राई मृत फेला परेका छन् ।
धरानबाट सब्जी खेति लगाउन बेलका नगरपालिका ३ सिसौली टप्पु गएका राई गएराती प्रदेश १–०२–००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गर्दा उक्त कल्भडमा बाढी आएको र गाडी रोक्न लगाएर बाटो नियाल्ने क्रममा अचानक बाढीले बगाउदा बेपत्ता भएका थिए ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आजबगाएको स्थान भन्दा करिव ५ सय मिटर दक्षिण मृत अवस्थामा फेला परेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post