ताप्लेजुङ : प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा भइरहेको वन फडानीको विरोधमा मेची राजमार्ग र तमोर कोरिडोर सडक ठप्प पारिएको छ ।
किराँतीहरूले आस्थाको केन्द्र पाथीभरा (मुक्कुम्लुङ्ग)मा केबलकार लैजाने भन्दै केबलकार सञ्चालनका लागि रुख काट्न थालेपछि ताप्लेजुङ क्षेत्रसहित मेची राजमार्गमा बन्दको आह्वान गरिएको हो ।
बन्दका कारण मेची राजमार्गमा यातायातका साधन ठप्प भएका छन् ।
मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुम चुम्लुङ सङ्घीय समितिलगायतका सङ्घसंस्थाले बन्दको आव्हान गरेका हुन ।
बन्दले इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ ।



















Discussion about this post