गायिका विमला गुरुङको तीज गीत चट्ट कपाल कोरी सार्वजनिक भएको छ ।
मनोरञ्जन नेपाल युट्युब च्यानलमार्फत गुरुङको तीज गीत सार्वजनिक भएको हो ।
इटहरीमा बसेर व्यवसाय गर्दै आएकी उनले यसअघि पनि आधा दर्जन बढी गीतमा स्वर दिईसकेकी छिन् ।

नरेश खड्काको शब्दमा रहेको उक्त गीतको संगीत कुन्दन राईले गरेका हुन् ।
दिनेश राईले खिचेको उक्त भिडियो श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।
गायिका गुरुङले सानै उमेरदेखि नै गीत संगीतको क्षेत्रमा रुचि भएको बताईन् ।

पछिल्लो समय तीज गीत बिकृतिका रुपमा मौलाएकोले हामीले तीजको जगेर्ना गर्नका लागि यो गीत सार्वजनिक गरेका हौँ । उनले भनिन् ।
आँफूहरुले सार्वजनिक गरेको गीत मौलिक र लोकभाकामा रहेकाले दर्शक, स्रोताले रुचाउने उनको तर्क थियो ।

भिडियो














Discussion about this post