धरान : धरान उपमहानगरपालिका १ मा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । शनिबार शिखर युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् ।
‘रक्तदान नै जीवनदान हो’ भन्ने सन्देशका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष युनेश राना मगरले जानकारी दिए ।
रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण हुने भएकोले शिखर युवा समाजले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।
कार्यक्रममा रेडक्रस सुनसरी सभापति उमेश थापा, धरानका निवर्तमान नगर प्रमुख तिलक राई, संस्थाका सल्लाहकार श्याम पोख्रेल, १३ नम्बर वडाका वडाध्यक्ष नेत्र काफ्ले, वडा सदस्य रीता सुन्दास लगायतको उपस्थिति रहेको थियो ।












Discussion about this post