मोरङका कोरोना संक्रमित ब्यक्तिको धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मृत्यु भएका ब्यक्ति मोरङको सुनबर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष हुन्।
ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मंगलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका थिए ।
बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
यो सँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ । बुधबार मृत्यु हुने प्रदेश १ का पहिलो व्यक्ति हुन् ।
















Discussion about this post