इटहरी उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि इटहरी उपमहानगरपालिका कार्यालय र २० वटै वडा कार्यालय बन्द गर्ने निर्णय भएको छ ।
इटहरी वडा नं. ३ का वडाध्यक्ष बालकृष्ण बिष्टका अनुसार इटहरीका सबै वडा र उपमहानगरपालिका कार्यालय बन्द गर्ने निर्णय भएको हो ।
“संक्रमित कर्मचारीसँग सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नआउन्जेल सम्मका लागि बन्द गर्ने निर्णय भएको छ,” बिष्टले टेलिफोन सम्पर्कमा टाकुरासँग भने, “सिडिओ र मेयर सहित सबै वडाका वडाध्यक्ष सहितको बैठकले यो निर्णय गरेको हो ।”
योजना शाखाका एक इन्जिनियरमा कोरोना पोजेटिभ देखिएपछि आज बिहान उपमहानगरपालिका परिसरमा आकस्मिक बसेको बैठकले यो निर्णय गरेको हो ।
















Discussion about this post