इटहरी उपमहानगरपालिकाका एक कर्मचारीमा कोरोना देखिएपछि इटहरीका सबै वडा र कर्मचारीको स्वाब परीक्षण गर्न सुरु गरिएको छ ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार आज एक कर्मचारीलाई कोरोना देखिएपछि २० वटै वडाका वडाध्यक्ष र सबै कर्मचारीहरुको स्वाब परीक्षण गर्न सुरु गरिएको हो ।
“सबै वडाध्यक्ष र कर्मचारीको परीक्षण थालिएको छ,” उनले भने, “आज परीक्षण गरिएको रिपोर्ट आउन्जेल सम्मका लागि उपमहानगरपालिका कार्यालय र सबै वडा बन्द गर्ने निर्णय समेत भएको छ ।”
उनका अनुसार बिहीबार बिहान उपमहानगरपालिकाका जनप्रतिनिधि र सुनसरीका सिडियो सहित बसेको बैठकले उपमहानगरपालिका कार्यालय र सबै वडा बन्द गर्ने निर्णय भएको छ ।
















Discussion about this post