प्रेस युनियन सुनसरीले पत्रकार गिरिराज आचार्य र स्वर्गीय याम प्रधानको नाममा अक्षयकोषको स्थापना गरेको छ ।
प्रेस युनियन सुनसरीका संस्थापक गिरिराज आचार्य र स्व. याम प्रधानको नाममा अक्षयकोष स्थापना गरिएको हो ।
बिहीबार युनियन कार्यसमितिको इटहरीमा बसेको बैठकले पत्रकारद्वय आचार्य र प्रधानको नाममा अक्षयकोष खडा गरिएको अध्यक्ष पवन अधिकारीले बताए ।

स्वर्गीय याम प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी रु. दुई लाख र गिरिराज आचार्य प्रेस स्वतन्त्रता पुरस्कारको राशी रु. एक लाख रुपैयाँ रहेको अधिकारीले बताए ।
उनीहरूले प्रेस युनियनका लागि गरेको योगदान उच्च रहेकाले उक्त पुरस्कारको अक्षयकोष खडा गरिएको बताईएको छ ।
















Discussion about this post